काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँगै हरिबोल गजुरेल पनि सहभागी भएका छन् ।
यसअघि कुनै समूहको बैठकमा नगएका बादल हरिबोल पनि कुनै भेलामा सहभागी थिएनन् । प्रचण्ड र माधव नेपाल समूहले बादललाई आफ्नो समुहमा आउन आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल र हरिबोल ओलीतर्फ लागेका छन् ।
यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् ।











