११ असार २०८३, बिहीबार
,
Latest
ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता पुन स्वास्थ्यलाभ गरी स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गर्नुभयो । करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पूर्वस्थायी समिति सदस्यसमेत रहनुभएका पुन आज नेपाल फिर्ता हुनुभएको हो ।

 हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गो विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उहाँकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्कनुभएको छ । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेल्नुभएका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्कनुभएको हो । नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन  उपचार गरियो । यसअघि उहाँको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।रासस