३ पुष २०८२, बिहीबार
,
Latest
एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैलुङ भर्चुअल तेक्वान्दोको हुने



अ+ अ-

काठमाडौं । सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ ।

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका  छन् । पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष/महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेल हुने छ ।

प्रतियोगितालाई सैलुङ नगरपालिकाले मुख्य प्रायोजन गर्ने प्रमुख मोक्तानले जानकारी दिए । सहभागिताका लागि इच्छुकले जनवरी ४ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ । सहभागीले जनवरी ५ देखि ६ तारिखसम्म बढीमा १ मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनु पर्ने छ ।

‘मोस्ट पपुलर खेलाडी’ लाई नगद १० हजार रुपैयाँबाट पुरस्कृत गरिने छ । यो विधा चयनका लागि सहभागीले पठाएको भिडियोलाई युट्युबमा राखिने छ । सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई उक्त विधाबाट पुरस्कृत गरिने   छ ।

प्रतियोगिता सञ्चालन गर्न पाँच अन्तर्राष्ट्रिय निर्णायक चयन गरिएको छ । अन्तर्राष्ट्रिय निर्णायकहरुमा नोर्बु लामा, अशोक खड्का, हीराबहादुर थापा, मिन न्यौपाने र विक्रम खड्गी रहेका छन् ।