२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हुवावे आइसिटी अवार्ड­–२०२०’ को ग्राण्ड फिनाले शनिबार हुने



अ+ अ-

काठमाडौं । ‘हुवावे आइसिटी अवार्ड­–२०२०’ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको हो । ‘आइसिटी अवार्ड­–२०२०’ आयोजनक समितिले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आगामी शनिबार ग्राण्ड फिनाले हुने जानकारी गरकाएको हो । लिभिङ विथ आइसिटीको आयोजनामा हुने ‘हुवावे आइसिटी अवार्ड–२०२०’मा विभिन्न ११ विधाहरु रहेको भएपनि यसपटक अर्को एक विधा थप गरी ‘जुरी मेन्सन आइसिटी अवार्ड २०२०’ पनि प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताउनुभयो । अवार्ड बिजेताहरुले विशेष सम्मान, सिल्ड लगायतका पुरस्कारहरु पाउनेछन् ।

हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरुमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको छ । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आएसिटी अवार्ड २०२० को विजेताहरु भने फाइनल कार्यक्रममा नै घोषणा हुने आयोजकले बताएको छ ।




भर्खरै