२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हुवावे आइसिटी अवार्ड­–२०२०’ को ग्राण्ड फिनाले शनिबार हुने



अ+ अ-

काठमाडौं । ‘हुवावे आइसिटी अवार्ड­–२०२०’ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको हो । ‘आइसिटी अवार्ड­–२०२०’ आयोजनक समितिले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आगामी शनिबार ग्राण्ड फिनाले हुने जानकारी गरकाएको हो । लिभिङ विथ आइसिटीको आयोजनामा हुने ‘हुवावे आइसिटी अवार्ड–२०२०’मा विभिन्न ११ विधाहरु रहेको भएपनि यसपटक अर्को एक विधा थप गरी ‘जुरी मेन्सन आइसिटी अवार्ड २०२०’ पनि प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताउनुभयो । अवार्ड बिजेताहरुले विशेष सम्मान, सिल्ड लगायतका पुरस्कारहरु पाउनेछन् ।

हुवावे आइसिटी अवार्ड २०२० मा रहेका विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र एनसेल इन्नोभेसन आइसिटी अवार्डका विधाहरुमा विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ को घोषणा भएको छ । डिजिटल एजुकेशन र डिजिटल गभर्नेन्स आइसिटी अवार्डमा उत्कृष्ट ३ को घोषणा भएको छ । यसैगरी पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र मिडिया पर्सन आएसिटी अवार्ड २०२० को विजेताहरु भने फाइनल कार्यक्रममा नै घोषणा हुने आयोजकले बताएको छ ।