१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से २९.८३ अंकले घट्यो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक २९.८३ अंकले घटेर  २ हजार ८३ दशमलव ६३ विन्दुमा पुगेको छ । पछिल्लो समयमा  बढेको बजारमा प्रोफिट बुक गर्न थालेसँगै आजको बजार घटेको हो। 

बिहिबार २०४ ओटा कम्पनीको ९८ लाख ६०हजार ५३६ कित्ता शेयर ४७ हजार ९७६ पटकमा रू. ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये ब्यापार समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत र होटल समूहको परिसूचक ४ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव शून्य ६ प्रतिशत घटेको छ । 

त्यसैगरी बिहिबार सोल्टी होटलको शेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ६७ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी दोस्रोमा ओरियण्टल होटलको शेयर मूल्य ५ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । 

बिहिबार सबैभन्दा बढी समृद्धि फाइनान्सका शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८ दशमलव ११ प्रतिशत घटेर रू. १३६ मा झरेको छ भने सार्वधिक कारोबार नबिल बैंकको भएको हो । उक्त कम्पनीको रू. ६१ करोड ४९ लाख ६५ हजारभन्दा बढीको शेयर खरीदविक्री भएको छ । 

कम्पनीले आर्कषक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयर कारोबार धेरै भएको हो । प्रतिकित्ता शेयर मूल्य रू. १ हजार ४२५ पुगेको छ । त्यसैगरी सर्वाधिक कारोबार गर्ने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू. ५९ करोड ८१ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो ।