१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल

ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छ: काँग्रेस सांसद बडू

ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छ: काँग्रेस सांसद बडू
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।

काँग्रेस–एमालेबीच पहिलो चरणमा ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी भएकाले त्यसको कार्यान्वयन हुनेमा आशंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो । आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद बडूले पहिलो चरणमा ओली र दोस्रो चरणमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दुई दलको समझदारी इमान्दारिताका साथ कार्यान्वयनमा जाने बताउनु भयो । उहाँले दुई दल संविधानको ७६ (२) अनुसार सरकार बनाउन सहमतीमा आएको पनि स्पष्ट पार्नुभयो ।

सांसद बडूले भन्नुभयो, ‘७६ (२) कार्यान्वयन गर्नेगरी हामी एक ठाउँमा आएका हौं । त्यसमा पहिलो पालो नेकपा एमालेका आदरणीय नेता केपी ओली जी हुनुहुन्छ । माननीय केपी ओलीजी । दोस्रो पालो माननीय शेरबहादुर देउवाजी हुनुहुन्छ नेपाली काँग्रेसको सभापति । त्यो समझदारी इमान्दारिताका साथ । केका लागि भन्दा राजनीतिक स्थिरता दिने कुरामा हामी एक ठाउँमा आएका हौं भने हामीले त्यो कुरा मेन्टेन गर्नु पर्‍यो नि । त्यो गर्छौंंंं । अहिले त्यही विश्वासका साथ हेरिनुपर्छ । यो आशंकाले ठाउँ पाउँदैन । र हामीले जे गरिराखेका छौं, त्यो जनताले पनि देखिराखेका छन् नि । त्यसकारणले यसमा सबै आफ्नो प्रतिवद्धतामा सबै इमान्दारिताका साथ जानुपर्ने अवस्था छ । जान्छ ।’

सांसद बडूले दुई दलबीच मुलुकलाई राजनीतिक स्थिरता दिनेगरी सरकारमा जाने सहमती भएको पनि बताउनु भयो ।