९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

हिंडन खोज्यो खुट्टा समाउने, अल्झाउने त्यसैले संसद विघटन गरे –प्रम ओली(भिडियो सहित)

हिंडन खोज्यो खुट्टा समाउने, अल्झाउने त्यसैले संसद विघटन  गरे –प्रम ओली(भिडियो सहित)
अ अ+ अ-

काठमाडौ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र खुट्टा तान्ने प्रवृतिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको बताउनुभएको छ । 
बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पार्टी भित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘किन संसद विघटन गर्नुप¥यो । अरु थुप्रै कुरा छोडिदिनुस । यहि किचकिच, यहि झमेला पार्टी भित्र सधैं हिंडन खोज्यो खुट्टा समाउने, हिंडन खोज्यो अल्झाउने, हिंडन खोज्यो धराप थाप्ने, हिंडन खोज्यो अल्झो लगाउने ।

देश हाँक्नुपर्ने बेलामा देशलाई अगाडि बढाउनुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने । सरकारलाई गतिशिल ढंगलले हाँक्नुपर्ने बेलामा पार्टी, त्यो पार्टी अल्झिनुपर्ने । के मा भन्दा दिनै पिच्छेका गफ फिटनेहरुका कुरामै अल्झिनुपर्ने । उनीहरु गफ फिटेर बस्छन त्यसैमा अल्झिनुपर्ने ।’
अध्यक्ष ओलीले संसद विघटन पछि जनतामा जान डर मान्नेहरुले पार्टी फुटाएको पनि बताउनुभयो । सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेको बताउनुभयो । जनतमा जाँदा डर भएपछि आन्दोलन गर्न लागेको अध्यक्ष ओलीले । उहाँले भन्नुभयो ‘आन्दोलन के का लागि, प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा ग¥यो । अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन ? तपाई हामी बुझ्न सक्छौं । उहाँहरुको टाउको ठूलो छ तर खुट्टा सानो छ ।’ 
देशलाई विगार्ने, देशको एकता तोडने र अग्रगमनको बाटोमा जान रोक्नेहरुलाई जनताले मत नदिने पनि अध्यक्ष ओलीले बताउनुभयो । त्यसैले संसद पुनरस्थापना गरेर एक डेढ वर्ष सत्तामा जानका लागि आन्दोलन गर्न लागेको बताउनुभयो । जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘देश विगार्ने, देशको एकता तोडने देशलाई अग्रगमनको बाटोमा जानलाई व्यवधान खडा गर्नेहरुलाई जनताले मत दिन्छ ? त्यसकारण उहाँहरुलाई के लागेको छ भने अलि एक डेढ वर्ष भएपनि संसद पुनरस्थापना गरेर जोड घटाउ, जालझेल, तिकडम, यता सम्झौता, उता सम्झौता, यता मिलन, उता मिलन, यता मेलमिलाप कसको आशिर्वाद आदीबाट फेरी सरकारमा पुग्न पाइन्थ्यो की त्यसपछि त चुनाव भयो भने हुँदैन । चुनाव भयो भने चान्स हुँदैन भनेर उहाँहरु भागिरहनु भएको छ । चुनाव भन्ने वित्तीकै उहाँहरु निद्रामा झस्किनुहुन्छ ।’


गृहमन्त्री समेत रहनु भएका नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटकपटक अनुनयविनय गर्दा समेत नसकिएको बताउनुभो । अन्तिम समय सम्म पनि प्रयास गर्दा समेत नसकेपछि अहिलेको अवस्था आएको थापाले बताउनुभयो । पार्टीलाई फुटाउन सपथ खाएकाहरुसँग जति अनुनयविनय गरेपनि सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले फुटवादीहरुलाई आन्दोलनलाई विभाजित गर्ने प्रतिगामीहरुलाई हामी परास्त गर्न सकिन्छ । उनीहरुलाई हामीले एकस्पोज गर्न सकिन्छ । त्यसकारण मध्यावधिक निर्वाचन नयाँ आन्दोलन, नयाँ अभियान एकताको निम्ति जरुरी छ । अरु तरिकाले हामीले विभाजित समूहलाई एकीकृत गर्नेृ प्रयत्न ग¥यौं ।

तर सम्पूर्ण प्रयत्नहरु असफल सिद्ध भए । हामीले स्थायित्व कायम गर्नका निम्ति स्थिरता कायम गर्नको निम्ति हामीले धेरै तरिकाले प्रयत्न ग¥यौं । धेरै उपायहरु अपनायौं । पछिल्लो चरणमा अन्तिम सम्ममा पनि कोशिष ग¥यौं । यो पार्टीलाई विभाजित गर्नेहरुसँग हामीले अनुनयविनय पनि ग¥यौं । पार्टीलाई विभाजन गर्ने, नेतृत्वलाई विस्थापित गर्ने सरकारको नेतृत्वलाई अपदस्त गर्ने कुरा पुटवाद हो । यसरी नेतृत्वलाई विस्थापित गर्ने अपदस्त गर्ने वा परिवर्तन गर्ने, नेतृत्व निर्माण गर्ने त्यसको आफ्नो बैज्ञानिक र क्रान्तिकारी विधि प्रक्रियाहरु ह्ुन्छ त्यो ढंगले गरौं । हामीले अन्तिम सम्म पनि अनुनय विनय गरेको हो तर उहाँहरुले त्यो कुरा मान्नु भएन । उहाँहरुले पार्टीलाई फुटाई छाडने कसम खानुभएको थियो । उहाँहरुले यो सरकार लाई अपदस्त गर्ने सपथ ग्रहण गर्नुभएको थियो । उहाँहरुले अन्ततः त्यही गर्नुभयो ।’