१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौं । नेपाली सुनचााँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च भएको हो ।

आज सुन प्रतितोला एक लाख ४५ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि जेठ २५ मा एक लाख ४५ हजार रुपैयाँको उच्च मूल्य बनेकोमा आज सो रेकर्ड तोडिएको हो ।

यस्तै आज तेजाबी सुन प्रति तोलामा एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी,आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।