१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौं । नेपाली सुनचााँदी बजारमा आज साता कारोबारको पहिलो दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च भएको हो ।

आज सुन प्रतितोला एक लाख ४५ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि जेठ २५ मा एक लाख ४५ हजार रुपैयाँको उच्च मूल्य बनेकोमा आज सो रेकर्ड तोडिएको हो ।

यस्तै आज तेजाबी सुन प्रति तोलामा एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी,आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ८९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।