४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजूरी बढ्दै

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजूरी बढ्दै
अ+ अ-

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहमा भ्रष्टाचार भएका उजूरी बढिरहेका छन् । 

पछिल्लो समय यहाँका स्थानीय तहमा भ्रष्टाचार बढिरहेका उजूरी आउनेक्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ । 

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा अख्तियारमा ४३२ उजुरी दर्ता भएका छन् ।  आयोगको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले दर्ता गर्न आउने अधिकांश उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको जानकारी दिनुभयो । जनप्रतिनिधि तहमा आफू अनुकूल हुने दरबन्दी मिलानलगायत स्थानीय तहको अधिकार दुरुपयोग गरिरहेकोलगायतका शीर्षकमा उजूरी बढ्दै गएका छन् । 

“पछिल्लो समय आयोगले पनि आफ्नो सक्रियता बढाएको छ”, उहाँले भन्नुभयो, “नागरिक चेतनशील भएका कारण उजूरी बढ्दै गएका हुन् ।” स्थानीय तहमा पनि शिक्षा तथा वन कार्यालयसम्बन्धी उजूरी धेरै छन् । आयोगका अनुसार गत वर्षको तुलनामा उजूरीको सङ्ख्यामा वृद्धि भइरहेको छ । “यस प्रदेशमा सबैभन्दा बढी कैलालीे र सबैभन्दा कम बाजुरा जिल्लाका उजूरी छन् ।” सूचना अधिकृत जोशीले भन्नुभयो, “चालू आवको पहिलो चौमासिकमा बाजुराका १६, बझाङका ४२, दार्चुलाका ३५, बैतडी ३८, डडेल्धुरा २९, डोटी ६२, अछाम २७, कैलालीका ९२, कञ्चनपुर ९० र स्थान नखुलेको एकगरी हालसम्म ४३२ उजुरी दर्ता भएका छन् ।”

गत आव आयोगमा ९१२ उजूरी दर्ता भएका थिए । तीमध्ये आयोगले ७४१ दर्ता उजूरी फछ्र्यौट गरेको जोशीको भनाइ छ । आयोगले गरेको २७ स्ट्रिङ अपरेसनबाट रु ४० लाख ५५ हजार ६५० नगदसहित ४४ जना थलोमै पक्राउ परेका छन् । भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाले सचेतनाको कमीका कारण यहाँ भ्रष्टाचार बढेको जनाएका छन् ।

नागरिक निगरानी संस्था कञ्चनपुरका सचिव कोमलनिरञ्जन भाटले सचेतनाको कमीका कारण सुदूरपश्चिममा भ्रष्टाचारसम्बन्धी उजूरीको सङ्ख्या बढेको बताउनुभयो । “भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाको पहुँच पनि न्यून छ”, सचिव भाटले भन्नुभयो, “राज्यको उपस्थिति भए पनि भ्रष्टाचारविरुद्धको सचेतनाको कमी छ ।” उहाँले भ्रष्टाचार हुन नदिने वातावरण सिर्जना गर्नुपर्ने जोड दिनुभयो ।