३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडका कारण फुटबल स्थगित नगर्ने



अ+ अ-

काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोभिड–१९ को असर नेपाली फुटबलमा पनि देखियो । चैत ४ बाट रोकिएको ‘बी’ डिभिजन लिग सुचारु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले चासो देखाइ सकेको छ । सँगै सी डिभिजन लिगको आयोजनाका लागि काम भइरहेको छ । एन्फाले आगामी दिनमा कोभिडका कारण फुटबल स्थगित नगर्ने समेत बताएको छ । 

सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु हुने सर्वविदितै भएको छ । एन्फाले सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैतको सूरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने सहमती बनाएको हो । कोरोनाका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो  र अब कोरोनाका कारण प्रतियोगिता नरोकिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनुभयो ।

विभिन्न ठाउमा देखिएको असर पछि कोरोनका कारण फुटबल पनि अछुतो रहेन । संक्रमणको डरले फुटबल बन्द रह्यो । एन्फाले गत वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगितालाई यथास्थानमा सुचारु गरेर अगाडि बढाउने भएको छ ।

एन्फा सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत सहमत बनेको छ । सहमती पछि एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमा समेत जानकारी गराएको र सोही मापदण्डलाई पूरा गरेर प्रतियोगिता सुचारु गर्ने लिग निर्देशक सञ्जीब मिश्रले बताउनुभयो ।

विश्व महामारीको चपेटा परे पनि तोकिएका स्वाथ्य प्रावधान अपनाउँदै चर्चित फुटबल प्रतियोगिता सुचारु भइसकेका छन् । तर नेपाली फुटबल फर्किनलाई अझै राम्रो र सहज वातावरण मिलेको छैन । फुटबलको सर्बोच्च निकाय एन्फाले कोरोनाको डर भन्दा पनि कोरोनालाई परास्त गर्दै कदम चाल्नु पर्ने अवस्था आएको बताउँछ । फुटबल ठप्प हुँदा खेलाडीमा परेको नकारात्मक असरलाई समयमा केलाउनु पर्ने दायित्व पनि एन्फाको काधमा थपिने देखिन्छ ।