• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   सञ्चारमन्त्री गुरूङलाई एमाले प्रचार विभागको ३० बुँदे सुझाव ★   सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन ★   गृहमन्त्री हुँदा रवि लामिछानेले स्टन्टमात्रै गरे: मन्त्री गुप्ता ★   स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सुधार हुने तनहुँवासीको अपेक्षा ★   उपप्रधानमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट ★   चैते धान खेती गर्ने कृषकलाई अनुदान ★   नेपाल प्रतिभाहरु भएको देश होः प्रधानमन्त्री ओली ★   खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबीच भेट ★   निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छुः उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल – आर्थिक पुनरुत्थान निजी क्षेत्रको… ★   सिमलताल घटनाः उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव

कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी



काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली हुनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावमा छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न अनुरोध गरेको छ ।