८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

सिमलताल घटनाः उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव

सिमलताल घटनाः उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव
अ+ अ-

चितवन । गत शुक्रबार पहिलोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ । घटनाको अध्ययन गर्न आज यहाँ आएको कार्यदललाई सरोकार भएकाहरूले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना गरिएको सुझाव सङ्कलनका क्रममा उहाँहरूले घटनाको कारण पहिचान र यस्ता घटना पुनः हुन नदिन राज्य संयन्त्रले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यवाहक अध्यक्ष श्याम बिष्ट, नेकपा (माओवादी केन्द्र)का संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष कृष्णप्रसाद भूसाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नरेन्द्र कन्दङ्वाले घटना भएको धेरै दिन बित्दासमेत बस तथा धेरै यात्रु पत्ता लाग्न नसकेका भन्दै नयाँ प्रविधिको प्रयोग गरी खोजी गर्न सुझाव दिनुभयो ।

सरकारले खोजीका लागि धेरै जनशक्ति परिचालन गरे धमिलो पानीमा खोजी गर्न सकिने आवश्यक उपकरणको अभाव हुँदा समस्या भएको उहाँहरूले बताउनुभयो । भारी वर्षा भएको समयमा रात्रिकालीन बस सञ्चालनमा रोक लगाएर दुर्घटना न्यूनीकरण गर्न सरकारले पहल गर्नुपर्ने उहाँहरूको माग थियो । बर्सात सुरु भएसँगै सडकमा भएका नाली र कल्भर्टहरू सफा गर्न पनि उहाँहरूले ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलले सडकको भौगोलिक बनावटका कारण पटक पटक समस्या हुने गरेको बताउनुभयो । नौ सय मिटर माथिबाट खसेको पहिरोका कारण घटना भएको उहाँले जानकारी दिनुभयो ।

खोजी कार्यमा संलग्न सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले आफूहरूसँग भएको प्रविधिबाट अहिलेसम्म सवारी साधनको अवस्था जानकारी पाउन नसकेको बताउनुभयो । घटनास्थलबाट घुमाउनेसम्म सवारी साधन नभेटिएको उहाँले जानकारी दिनुभयो ।

शवहरू घटनास्थलबाट करिब एक सय सात किलोमिटर तलसम्म भेटिएका बताउँदै पौडेलले नदीको भौगोलिक अवस्थाका कारण हाल भएका प्रविधिले काम गर्न नसक्दा अपेक्षाकृत परिणाम दिन नसकिएको उल्लेख गर्नुभयो ।

गृह मन्त्रालयद्वारा गठित कार्यदलका संयोजक छवि रिजालले खोजी कार्य द्रुतगतिमा अघि बढेको बताउनुभयो । सबै क्षेत्रको सहयोगमा खोजी कार्य जारी रहेको बताउनुभयो । मित्रराष्ट्र भारतबाट २१ तारिखसम्म आवश्यक सहयोग आउने उहाँले जानकारी दिनुभयो । “गोताखोरलगायत यहाँ नभएका उपकरण सहयोग गर्ने विषयमा भारत सरकारसँग समझदारी भइसकेको छ । त्यहाँबाट २१ तारिखसम्म सहयोग आइपुग्ने प्रतिवद्धता जनाइएको छ”, संयोजक रिजालले भन्नुभयो । बसमा करिब ६५ जना सवार रहेको भनिएको भए पनि वास्तविक सङ्ख्या अझै आउन नसकेको र खोजीका लागि कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।

सुझाव सङ्कलनमा कार्यदलका सदस्यहरू नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्री, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर प्रकाशचन्द्र भण्डारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधि पुण्यप्रसाद सिटौला, विपद् प्राधिकरणका उपसचिव सन्ध्या सिग्देलसहितको टोली चितवन आएको हो ।

टोलीले सुझाव सङ्कलनअघि घटनास्थलको निरीक्षण अनुगमन तथा स्थानीय र अस्पतालमा उपचाररत घाइतेसँग समेत घटनाको बारेमा बुझिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । सुझाव सङ्कलनअघि प्रमुख जिल्ला अधिकारी यादवले घटनापछि भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । जसमध्ये १८ जनाको शव फेला परेको छ । रासस