• १२ भाद्र २०८१, बुधबार
  •      Wed Aug 28 2024
  •   Unicode
Logo
Latest
★   अँध्यारोबाट ‘उज्यालो’ समृद्धिको यात्रामा ऊर्जा क्षेत्र ★   साफ यु–२० च्याम्पियनसिपको फाइनल आज, उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै ★   मुस्ताङको थासाङमा पुन: हिउँपहिरो, बोक्सीखोला थुनियो ★   अमेरिकामा गोली हानेर २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या ! ★   पलेशा र भरतको प्रतिद्वन्द्वी तय ★   राजाबाबु जैसवालले आफ्नै शरीरमा आगो लगाए ★   खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते ★   बाढीपहिरोमा मृत्यु हुने २०८ जना, ५३ जना बेपत्ता ★   नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि: गृह मन्त्रालयबाट भ्याकेट निवेदन दर्ता ★   कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ १६ गते बस्ने

उच्च अदालत जनकपुरमा आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट



जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट गरेको छ ।

मंगलवार उच्च अदालत जनकपुरले पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०८०/०८१ मा ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरेको जानकारी दिइएको हो ।

तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४।५७ प्रतिशतले बढी मुद्दाको फर्छ्यौट गरेको हो । उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ९ सय ७६ मुद्दा सरि आएक र ४ हजार ४ सय २१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३ सय ९७ कुल मुद्दामध्ये ५ हजार २ सय ६३ मुद्दा फर्छ्यौट भएको उहाँले बताउनु भयो ।

उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८०/०८१ मा मुद्दाको फर्छ्यौट देशका अन्य उच्च अदालत भन्दा बढी रहेको अनुमान गरिएको छ । उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शुन्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको मुख्य न्यायाधीश पौडेलले बताउनु भयो ।