२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

नक्कली भ्याट बिल बनाएर २० करोड रुपैयाँ राजस्व छली

नक्कली भ्याट बिल बनाएर २० करोड रुपैयाँ राजस्व छली
अ अ+ अ-

काठमाडौं । पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार अनुगमन कार्यलाई तीव्रता दिएको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर करिब २० करोड रुपैयाँ राजस्व छलेको फेला पारेको छ ।

विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी करोडौं रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी र व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले राजस्व छलीको आरोपमा विभिन्न कम्पनीका सञ्चालक र कारोबारीसहित पाँच जनाविरुद्ध राजस्व छलिएको रकम बराबर बिगो दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरूमाथि कुल १९ करोड ९६ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा राजस्व छलिएको रकमसहित बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट बिल० बिजक प्रयोग गरी राजस्व छली गर्ने कविला सप्लायर्स सेन्टरका नवलकिशोर चौधरीलाई २ करोड १४ लाख ३० हजार २ सय ३८ रुपैयाँ, शिवम प्याकेजिङ एन्ड सप्लायर्सका सञ्चालक सीतादेवी जयसवालबाट ५ करोड ८८ लाख ६५ हजार ९ सय १९ रुपैयाँ र गौतम सप्लायर्सका मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख १६ हजार १ सय ८८ रुपैयाँ गरी १३ करोड ३५ लाख १२ हजार ३४५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । राजधानी  दैनिकबाट।