२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो



अ+ अ-

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।

बकैया र गढी गाउँपालिकामा निर्माणाधीन यो मार्ग जोडी सुरुङमध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग हो । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए ।

सो अवसरमा प्रधान सेनापति शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त यस राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे ।

यसअघि, गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६५३ मिटर लम्बाइ रहेको सुरुङमार्गहरु छिचोलिएका थिए ।