• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

अल्झियो गाउँसभामै, अस्पताल बनाउने ठाउँको विवाद



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्यौट, प्रगति समीक्षा, शिक्षा र स्थानीय वातावरण संरक्षण ऐनसम्बन्धी विधेयकलगायत ११ वटा प्रस्तावको विषयमा निर्णय गरे पनि पालिकास्तरीय अस्पताल बनाउने ठाउँ टुङ्गो लगाउन नसकेपछि शुक्रबार पुस १३ गतेसम्मका लागि स्थगित भएको छ । 

पटकपटकको प्रयासमा सहमति जुट्न नसकेपछि ठाउँ छनोट गरेर अस्पताल बनाउने वैधानिक बाटो खुलाउन बोलाइएको रघुगङ्गाको गाउँसभालाई स्थानीय र जिल्लास्तरमा महत्वका साथ हेरिए पनि निर्णय हुन नसकेपछि अन्योल सिर्जना गरेको छ । थप छलफल र अध्ययन गर्नुपर्ने भएकाले अस्पताल विवाद टुङ्ग्याउन सोमबारसम्मका लागि गाउँसभा स्थगित गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो । २०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा १० श्यया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो । 

गाउँपालिकाको केन्द्र मौवाफाँटमा अस्पताल बनाउने आशयले निर्णय गरिए पनि स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य चौकीको सूचीमा पिप्लेलाई राखेको थियो । पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउने निर्णयलाई तोडमोड गरेर पालिकाको केन्द्र मौवाफाँटमा सार्न खोजिएको भन्दै वडाध्यक्ष जीवनबहादुर मल्ललगायत पिप्लेका जनप्रतिनिधिहरुले गाउँसभा नै बहिष्कार गरेपछि विवाद थप जटिल बनेको छ । 

ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेन । चालू आर्थिक वर्षमा रु ८३ लाख विनियोजन भएको अस्पतालको भवन निर्माण गर्ने योजना अन्योलमा परेको छ । जग्गासमेत व्यवस्थापन गरिसकेको र ठाउँ नै तोकिएकाले बेगमै अस्पताल बनाउनुपर्ने बेगका वडाध्यक्ष बिलप्रसाद फगामीले बताउनुभयो । मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ ।