३० श्रावण २०८३, शनिबार
,
Latest
लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालाहरुसँग पनि सुझाव लिइएको पनि जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता खेडालीहरुको पुरस्कारको राशी बैंकिङ खातामार्फत खेलाडीहरुले पाउने व्यवस्था पनि आफूले मिलाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा नीति–२०७२ र राष्ट्रिय खेलकुद नीति २०५७ लाई पुनरावलोकन गर्ने कार्य भइरहेको छ । यी नीतिहरु परिमार्जनका लागि सबै प्रदेशमा गई सरोकारवालाहरुको राय, सुझाव संकलन गरिएकाले युवा र खेलकुदको विषयमा देखिएका समस्या समाधान समाधान हुन्छ भन्ने मेरो विश्वास छ ।’

मन्त्री श्रेष्ठले बजेटको सिमितताका कारण खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।