३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ



file photo
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालाहरुसँग पनि सुझाव लिइएको पनि जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता खेडालीहरुको पुरस्कारको राशी बैंकिङ खातामार्फत खेलाडीहरुले पाउने व्यवस्था पनि आफूले मिलाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा नीति–२०७२ र राष्ट्रिय खेलकुद नीति २०५७ लाई पुनरावलोकन गर्ने कार्य भइरहेको छ । यी नीतिहरु परिमार्जनका लागि सबै प्रदेशमा गई सरोकारवालाहरुको राय, सुझाव संकलन गरिएकाले युवा र खेलकुदको विषयमा देखिएका समस्या समाधान समाधान हुन्छ भन्ने मेरो विश्वास छ ।’

मन्त्री श्रेष्ठले बजेटको सिमितताका कारण खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।