• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने



काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलास तोकिएको मुद्दाको बहस सकिएको हो । बुधबार उक्त मुद्दा हेर्दा हेर्दैमा परेको थियो ।

सर्वोच्चले उक्त मुद्दाको फैसला आजै सुनाउने तयारी गरेको छ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ ।

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।