२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

अष्ट्रेलियाविरूद्ध दोस्रो टेष्टमा भारतको टोलीमा चार परिवर्तन, गिल र सिराजको टेष्टमा डेब्यू

अष्ट्रेलियाविरूद्ध  दोस्रो टेष्टमा भारतको टोलीमा चार परिवर्तन, गिल र सिराजको टेष्टमा डेब्यू
अ अ+ अ-

मेलवर्न । अष्ट्रेलियाविरूद्धको दोस्रो टेष्टमा भारतले पहिलो खेलबाट टोलीमा चार परिवर्तन गरेको छ। अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन। घरेलु टोलीविरुद्ध दोस्रो टेष्ट खेलमा भारतले युवा ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गराएको छ।

गिललाई भारतले ओपनर पृथ्वी शा को स्थानमा मौका दिएको हो। शाले लगातार खराब प्रर्दशन गरेपछि गिलले टेष्टमा डेब्यू पाएका हुन् । तीव्र गतिका बलर मोहम्मद शामी घाइते हुँदा सिराजले उनको स्थान लिएका हुन् ।विकेटकिपर ऋद्धिमान शाहको स्थानमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन्। शाहले पहिलो खेलमा खराब प्रर्दशन गर्दा भारतले पन्तलाई मौका दिएको हो ।

विराट कोहलीको स्थानमा भारतले अलराउन्डर रविन्द्र जडेजालाई खेलाइएको छ। कोहली भारत फर्किएका छन् । अजिन्का रहाणेको कप्तानीमा रहेको भारतले चेतेश्वर पुजारालाई उपकप्तानको जिम्मेवारी दिएको छ। भारत पहिलो खेलमा दोस्रो इनिङमा अष्ट्रेलियासँग एडिलेडमा ३६ रनमा अल आउट हुँदै आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम योगफलमा समेटिएको थियो।

मेलबर्न क्रिकेट मैदानमा शनिबार घरेलु टोली ब्याटिङ गरिरहेको छ। अष्ट्रेलियाली कप्तान टिम पेइनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। यो समाचार तयार पार्दासम्म घरेलु टोलीले २७ ओभरमा ६५ रन जोडेर ३ विकेट गुमाइसकेको छ।अष्ट्रेलियाका लागि जोय बर्नस् र स्टेभिन स्मिथ शून्यमा आउट भए भने म्याथ्यू वाइडले ३० रन जोडे। भारतका लागि रविचन्द्रन आश्विनले २ तथा जसप्रित बुमराहले १ विकेट लिए।

दोस्रो टेस्ट खेल्ने ११ खेलाडी :

भारत : सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, रविन्द्र जडेजा, अजिंक्या रहाने (कप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रवीचन्द्रन आश्विन, उमेश यादव, मोहमद सिराज, जसप्रित बुमराह

अष्ट्रेलिया : जो बर्न्स, म्याथ्यु वेड, मार्नस लाबूसेन, स्टिभ स्मिथ, ट्राभिस हेड, क्यामरन ग्रिन, टिम पेइन (कप्तान तथा विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन, जोश हेजलवुड