३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन



अ+ अ-

काठमाडौं । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।

टाउकामा समस्या देखिएपछि उहाँको शल्यक्रियाको तयारी भइरहेको थियो । रिमाल भलिबलका उत्कृष्ट प्रशिक्षकमध्येका एक हुनुहुन्थ्यो । उहाँ विभिन्न समयमा राष्ट्रिय टोलीसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको समेत प्रशिक्षक रहनुभएको थियो । पछिल्लो समय रिमाल खेलकूद विज्ञान प्रतिष्ठानको निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।  

रिमाल प्रशिक्षकका रुपमा निकै सफल रहेको नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउनुहुन्छ । “रिमालको प्रशिक्षणमा नेपाली पुरुष तथा महिला टोलीले उल्लेख्य सफलता हासिल गरेको छ”, अध्यक्ष शर्माले प्रशिक्षक रिमालको निधनप्रति दुःख व्यक्त गर्दै भन्नुभयो । प्रशिक्षक रिमालको निधनबाट नेपालको भलिबललाई अपूरणीय क्षति पुगेको उहाँको बुझाइ छ । 

भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट प्रशिक्षक रिमाललाई नेपालको भलिबलमा अहोरात्र खटिने व्यक्तिका रुपमा लिनुहुन्छ । “नेपालको भलिबललाई अहिलेको अवस्थासम्म ल्याई पु¥याउन प्रशिक्षक रिमालको महत्वपूर्ण योगदान रहेको छ,” उहाँले रिमाललाई स्मरण गर्दै भन्नुभयो । राज्यले न्यून लगानी गरेको भलिबललाई उकास्न प्रशिक्षक रिमालले गरेको योगदानको भलिबल प्रशिक्षक, पदाधिकारी र खेलाडीले सदैव स्मरण गरिरहने प्रशिक्षक भट्ट बताउनुहुन्छ । 

पछिल्लो समय सरकारले भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेपछि प्रशिक्षक रिमालले सातवटै प्रदेशमा भलिबल एकेडेमी स्थापनाको माग राख्दै आउनुभएको थियो । खेलाडी काठमाडौँभन्दा बाहिर दुर्गम भेगमा रहेकाले उनीहरुलाई एकेडेमीमा राखेर प्रशिक्षण दिनुपर्छ भन्ने प्रशिक्षक रिमालको मुख्य माग थियो । 

प्रशिक्षक रिमालले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न सोल एसियाली खेलकूदमा रिमालले राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । राखेपबाट एनआइस कोर्स गर्नुभएका  रिमाल उत्कृष्ट हुनुभएपछि २०४५ सालमा डिप्लोमा कोर्स गर्न भारतको पटियाला जानुभएको थियो । उहाँले पाकिस्तानबाट भलिबल प्रशिक्षणको ‘लेभल वान’ तथा बङ्गलादेशबाट ‘लेभल टु कोर्स’ गर्नुभएको थियो । रिमालले २०४७ सालमा नेपाली सेनाको केबलजङ्ग गणबाट प्रशिक्षणको शुरुआत गर्नुभएको थियो ।  

श्रीलङ्कामा सम्पन्न १०औँ सागमा महिला टोलीले कास्य पदक प्राप्त गर्दा रिमाल टोलीका सहायक प्रशिक्षक हुनुहुन्थ्यो ।  सन् २०१४ मा नेपालमा भएको आमन्त्रण भलिबल च्याम्पियनशिपमा उहाँले महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाउनु भएको थियो । उक्त प्रतियोगितामा उहाँले ऐतिहासिक रजत पदक दिलाउनुभएको थियो । बाह्रौँ सागमा महिला टोलीले कास्य जित्दा पनि रिमाल प्रशिक्षक हुनुहुन्थ्यो । उहाँकै प्रशिक्षणमा महिलाबीच भलिबल टोलीले १३औँ सागमा कास्य पदक प्राप्त गरेको थियो । राष्ट्रिय खेलकूद परिषद्ले आज बिहान राखेपमा श्रद्धाञ्जलिसभाको आयोजना गरेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।