• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त



एजेन्सी । विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आफ्नो ब्याटिङ प्रशिक्षक र मेन्टरमा नियुक्त गरेको छ ।

यसको जानकारी आरसीबीले एक सामाजिक सञ्जाल पोस्टमा दिएको छ । कार्तिकले यस वर्ष जुन १ मा इन्डियन प्रिमियर लिग (आईपीएल) सँगसँगै क्रिकेटका सबै फर्म्याटबाट सन्यासको औपचारिक घोषणा गरेका थिए ।

दिनेश कार्तिकले भारतसँग २ वटा आईसीसी ट्रफी जितेका छन् । यसमा २००७ को टी–२० विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी समावेश छ ।

कार्तिकले भारतका लागि २६ टेस्ट, ९४ एकदिवसीय र ६० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आईसीसी ट्रफीसँगै कार्तिकले सन् २०१० र २०१८ मा भारतसँग एसिया कप पनि जितेका छन् ।

कार्तिक आईपीएलका सबै सिजन खेलेका थोरै खेलाडीमध्ये पर्छन् । उनले यस लिगमा २५७ खेल खेलेका छन् र २६.३२ को औसतमा ४,८४२ रन बनाएका छन् । आरसीबी बाहेक, कार्तिकले कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स र किंग्स इलेभेन पञ्जाबबाट पनि खेलेका थिए ।