६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त



अ+ अ-

एजेन्सी । विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आफ्नो ब्याटिङ प्रशिक्षक र मेन्टरमा नियुक्त गरेको छ ।

यसको जानकारी आरसीबीले एक सामाजिक सञ्जाल पोस्टमा दिएको छ । कार्तिकले यस वर्ष जुन १ मा इन्डियन प्रिमियर लिग (आईपीएल) सँगसँगै क्रिकेटका सबै फर्म्याटबाट सन्यासको औपचारिक घोषणा गरेका थिए ।

दिनेश कार्तिकले भारतसँग २ वटा आईसीसी ट्रफी जितेका छन् । यसमा २००७ को टी–२० विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी समावेश छ ।

कार्तिकले भारतका लागि २६ टेस्ट, ९४ एकदिवसीय र ६० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आईसीसी ट्रफीसँगै कार्तिकले सन् २०१० र २०१८ मा भारतसँग एसिया कप पनि जितेका छन् ।

कार्तिक आईपीएलका सबै सिजन खेलेका थोरै खेलाडीमध्ये पर्छन् । उनले यस लिगमा २५७ खेल खेलेका छन् र २६.३२ को औसतमा ४,८४२ रन बनाएका छन् । आरसीबी बाहेक, कार्तिकले कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स र किंग्स इलेभेन पञ्जाबबाट पनि खेलेका थिए ।