लन्डन । आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार सात खेलको जितहीन यात्रामा पूर्णविराम लगाउँदै शनिबार चेल्सीलाई लन्डन डर्बीमा ३–१ ले हराएको छ । इमिरेट्समा प्राप्त यो जितले व्यवस्थापक मिचेल आर्टेटालाई ठूलो राहत प्राप्त भएको छ । यसअघि म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग २–२ को बराबरी खेलेको थियो ।
एभरटन भने अन्तिम स्थानमा रहेको सेफिल्ड युनाइटेडलाई १–० ले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसको २९ अंक भएको छ । यस्तै म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडमाथि २–० जित दर्ता गर्दै पाँचौं स्थानमा पुग्यो । बराबरीपछि म्यानचेस्टर युनाइटेड २७ अंकसहित चौथो स्थानमा झरेको छ ।
तेस्रोमा लेस्टरको २८ अंक छ । डिफेन्डिङ च्याम्पियन तथा लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ अंक छ । आइतबार उसले वेस्ट ब्रुमको सामना गर्दै छ ।










