२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

वैकल्पिक कामले राहत दियोः पर्यटन मजदूर

वैकल्पिक कामले राहत दियोः पर्यटन मजदूर
अ अ+ अ-

पोखरा । कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदूर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको पहिलो चरणको नमूना परियोजना अन्तर्गत पोखराको–२४ कास्कीकोटमा पदमार्ग (हाइकिङ ट्रेल) स्तरोन्नति भइरहेको छ । 

उक्त कार्यमा  व्यस्त  कास्कीकोटका ३० वर्षीय दुर्गाबहादुर नेपालीले बेरोजगार भएर बसिरहेको समयमा पाएको रोजगारीले धेरै राहत भएको बताउनुभयो  ।  पर्यटन क्षेत्रमा १२ देखि पथप्रदर्शन काम गर्दै आउनुभएका उहाँले लामो समय घरमा बस्दासमेत दिक्क मानेको  अनुभव सुनाउनुभयो ।  “यस क्षेत्रमा लागेको १२ वर्ष भयो । जीविकोपार्जनको आधार नै त्यही थियो । कोभिड– १९ को कारण पर्यटक नआउँदा रोजीरोटीमा समस्या पर्नुका साथै घर बस्दा बस्दा दिक्क लागेको थियो ।” उहाँले भन्नुभयो । उहाँले दैनिक एक हजार ज्याला पाइने र काम पनि त्यति गाह्रो नभएको बताउनुभयो ।  

सन् १९९८ देखि पर्यटन क्षेत्रमा भरिया हुँदै पथप्रदर्शनको काम गर्दै आउनुभएका ४२ वर्षीय चन्द्रकान्त सुवेदी छोटो समयको वैकल्पिक कामले अहिलेको अवस्थामा निकै राहत भएको जानकारी दिनुभयो । “ पदप्रर्दशक हुँदा एक मौसममा दुई/तीन लाख कमाइ हुन्थ्यो, त्यसैले घरखर्च चलाउन सहज भएको थियो । अहिले काम नभएपछिका दिन निकै कष्टकर छ । हातमा पैसा देख्नसमेत मुस्किल भएको अवस्थामा यो कामले धेरै राहत अनुभुति भएको छ ।” उहाँले  पर्यटन चलायमान भएपछि पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो ।  

अर्का पर्यटक मजदूर कास्कीकोटका ३६ वर्षीय  एकराज सुवेदीले अहिलेको अवस्थाले गाँसबास नै अन्तिम अवस्थमा पुर्याएको अनुभव सुनाउनुभयो । “कोभिड–१९ ले सिर्जित अवस्थाले जीविकोपार्जनको आधारनै टुटेको छ । अहिलेको समयमा पदमार्ग सरसफाइ, मर्मतसम्भारको काममा व्यस्त हुन पाउँदा  केही भए पनि राहतको महसुस भएको छ । ” उहाँले पदमार्गमा बिहान १० देखि ५ बजेसम्म सामान्य बाटो स्तोरन्नतिको कार्यमा लागेका बताउनुभयो । 

उहाँका अनुसार पदमार्गमा बाटो मर्मत चौतारो मर्मत, झाडी फाल्ने कार्य भइरहेको छ । पर्यटन चलायमान नभएरसम्म पर्यटक मजदूरलाई यस्तै वैकल्पिक काम दिएर रोजगारमा लगाउन पनि उहाँको आग्रह छ ।  नेपाल पर्यटन बोर्डका निर्देशक एवं अनुसन्धान योजना  तथा  अनुगमन महाशाखा प्रमुख मणि लामिछाने कोभिड १९ ले धेरैको रोजीरोटी गुमेको अवस्थामा तत्कालको अवस्थालाई ध्यान दिएर जीवनयापन कार्यक्रममार्फत रोजगार प्रदान गरेको बताउनुभयो । “महामारीले पर्यटनमा छिटो प्रभाव पार्छ र पहिलेकै अवस्थामा हुन पनि समय लाग्दछ, यस्तो अवस्थामा अग्रमोर्चामा बसेर सेवा दिइरहनुभएका मजदूरको अवस्थालाई ध्यान दिएर छोटो समयका लागि रोजगार प्रदान गरिएको हो ।” उहाँले पहिलो चरणमा युएनडिपीको आर्थिक सहयोगमा गण्डकी प्रदेश कास्कीकोट, मादी गाँउपालिकाको टोनी हेगन पदमार्ग र अन्नपूर्णको गाउँपालिको अन्नपूर्ण बेसक्याम्पका गरी १७० जना र प्रदेश १ को एभेरष्ट क्याम्पमा ८० जना जनकपुर २० जना गरेर २५० जनालाई  मजदूरलाई ४५ दिनको अल्पकालीन रोजगार प्रदान गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार मेगा परियोजनाको रुपमा साढे दुई वर्षको दीर्घकालीन पर्यटन जीविकोपार्जन परियोजना अन्तर्गत नेपालभरी करिब एक हजार ६०० जनालाई रोजगार दिने गरी गृहकार्य भइरहेको छ । कास्कीकोट पर्यटन विकास समितिका अध्यक्ष उदय सुवेदीले आर्थिक अवस्था कमजोर भएका पर्यटन मजदूरहरुले  हाइकिङ ट्रायलमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार अन्नपूर्ण गाउँपालिका– १ नागडाँडाबाट शुरु भएको अपाङ्गमैत्री करिब तीन किलोमिटर देउरालीसम्म रहेको छ भने त्यस यताको पदमार्ग पोखरा २४ र १८ सम्म ७ किलोमिटर रहेको छ । अहिले तीन वटै वडामा काम भइरहेको छ ।

 उक्त पदमार्ग स्तरोन्ततिको लागि दैनिक १० मजदूर ४५ दिनसम्म खटिनेछन् । उक्त योजनाको लागि पाँच लाख ७१ हजार रकम छुट्टा्याइएको छ ।  पर्यटनमा आश्रित कमजोर आर्थिक अवस्था १० मजदूरलाई पहिलो चरणमा काम दिइएको र दोस्रो चरणमा फेरि महिलाको समूहलाई प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो ।