६ श्रावण २०८३, बुधबार
,
Latest
सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले भन्सार दरहरु धेरै हेरफेर नगरिएको बताउनुभयो ।

उहाँले आर्थिक विधेयकको अभिन्न अङ्गका रुपमा भन्सार महसुलसम्बन्धी व्यवस्थित कानुन ल्याउन गरिएको सुझाव कार्यान्वयनका लागि बेग्लै विधेयक ल्याएको स्पष्ट गर्नुभयो । मन्त्री पुनले भन्सारविन्दुमा सामान आयात गर्दा न्यूनतम् भन्सार लिने र क्रमशः मुलुकको उत्पादनवृद्धि गरी आत्मनिर्भर हुने अवस्थामा जाने सिद्धान्तका आधारमा विधेयक ल्याइएको बताउनुभयो ।

छलफलमा सांसद राजेन्द्रकुमार केसीले खाद्यान्न र फलफूलमा महँगो भन्सार शुल्क नलगाउन आग्रह गर्नुभएको थियो । विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । रासस