५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको उपाधि भारतले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारत च्याम्पियन बनेको हो । पहिलो पटक फाइनल खेलेको दक्षिण अफ्रिका उपाधि जित्नबाट चुक्यो । भारतको भने यो दोस्रो उपाधि हो ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रनमात्रै बनाउन सक्यो । उसका लागि हेनरिक क्लासेनले २७ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै, क्विन्टन डि ककले ३९, ट्स्टिन स्टब्सले ३१, डेभिड मिलरले २१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ भारतका हार्दिक पाण्ड्याले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले २–२ तथा अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन जोड्यो । उसका लागि विराट कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए ।

५९ बल खेलेका उनले ६ चौका र २ छक्का हिर्काए । यस्तै, अक्षर पटेलले ४७, शिबम् दुबेले २३ रन जोडे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले २, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट लिए ।