८ श्रावण २०८३, शुक्रबार
,
Latest
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै



अ+ अ-

काठमाडौँ । युरो कप २०२४ प्रतियोगिता अन्तर्गत आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । २४ टोली सहभागिता रहेको प्रतियोगितामा १६ टोलीले नकआउट चरणमा प्रवेश गरेका छन् ।

आज राति पहिलो खेलमा इटाली र स्वीट्जरल्यान्ड भिड्दैछन् । खेल नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ । स्वीट्जरल्यान्ड समूह ए बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो भने इटाली पनि समूह बी बाट उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो ।

यस्तै आज राति नै आयोजक जर्मनीले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार मध्यरातमा पौने १ बजे सुरु हुनेछ । आयोजक जर्मनी समूह ए को विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो भने डेनमार्क समूह सी को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो ।

आजको खेलमा विजेताहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् भने पराजित टोली बाहिरिनेछन् ।