५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ



अ+ अ-

एजेन्सी । बिहीबार गुयानामा भएको खेलमा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । अब भारतीय टोलीले २९ जुनमा (शनिबार) दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

भारत तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ । यसअघि सन् २००७ र २०१४ मा भारतीय टोलीले फाइनल खेलेको थियो । यो अवधिमा महेन्द्र सिंह धोनी भारतीय टिमका कप्तान थिए ।

यो जितपछि टीम इन्डियाका मुख्य प्रशिक्षक राहुल द्रविडले विराट कोहलीको फर्मको बारेमा चर्चा गरेका थिए । उनले स्टार ब्याट्सम्यानले प्रयास गरिरहेको तर आफ्नो योजनामा ​​सफल हुन नसकेको बताए ।

वास्तवमा इंग्ल्याण्डविरुद्ध खेलेको यो म्याचमा पनि विराटको ब्याट मौन रह्यो । उनले नौ बलको सामना गरी नौ रन मात्र बनाए । तेस्रो ओभरको चौथो बलमा रिस टोपलीले उनलाई क्लिन बोल्ड गरे । यस इनिङ्समा कोहलीले एक छक्का प्रहार गरेका थिए ।

खेलपछि टीम इन्डियाका मुख्य प्रशिक्षक राहुल द्रविडले किंग कोहलीको फर्मको बारेमा कुरा गरे । उनले भने, ‘जब तपाई जोखिमपूर्ण क्रिकेट खेल्नुहुन्छ, कहिलेकाहीँ तपाई आफ्नो योजनामा ​​सफल हुन सक्नुहुन्न । मेरो अनुसार आजको खेलमा पनि उसले गति कायम राख्न उत्कृष्ट छक्का प्रहार गर्यो, तर दुर्भाग्यवश त्यो बल अलि माथि थियो । तर, मलाई उसको नियत र शैली मन पर्यो त्यो टोलीका लागि राम्रो संकेत हो ।’

यससँगै द्रविडले फाइनलमा कोहलीको ब्याटबाट फ्यानहरूले ठूलो र महत्वपूर्ण इनिङ्स देख्न सक्ने आशा व्यक्त गरेका छन् । उनले थप भने, ‘मलाई लाग्छ कि उनको ब्याटबाट छिट्टै ठूलो इनिङ्स आउनेछ । मलाई उनको मनोवृत्ति एकदमै मन पर्छ । उनले मैदानमा आफूलाई राम्रोसँग प्रदर्शन गरिरहेको छ ।’