८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम १ दशमलव १ डिग्री,  वर्षकै सार्वधिक चिसो



अ+ अ-

काठमाडौं । आज काठमाडौंमा यसवर्षकै चिसो भएको महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष लागेपछि आज सम्मकै कम तापक्रम हो ।

अहिले उपत्यका लगायत देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । केही दिन यो क्रम अझै कायम रहने र चिसो पनि बढ्ने बताइएको छ । 

रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । यसअघि गएको शनिबार यस वर्ष काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।

आज अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।