१ भाद्र २०८३, सोमबार
,
Latest
मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको सरोकारका सवालमा सरकार अनुत्तरदायी : एमाले केन्द्रीय सल्लाहकार परिषद्



अ+ अ-

काठमाडौ  । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्ले गठबन्धनको सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी भएको जनाएको छ । सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले एक विज्ञप्ति जारी गर्दे राज्यका सबै अंगहरु प्रायः अस्तव्यस्त रहेको र  आम जनता महंगीको चर्को मार खेप्न बाध्य भएको जनाउनु भएको छ ।

बिज्ञप्तिमा सरकारले कोरोनाको खोपसम्म राम्ररी दिनसकेको , खोपमा अपचलन भएका कुराहरु आइरहेको र  औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन नसकेको भन्दै सरकार अनुत्तरदायी भएको ठहर गरेको हो ।

बिज्ञप्तिमा  सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको जनाउदै राजनीतिक तथा वैचारिक रुपमा अझ सजग तथा सक्रिय बन्नु  पार्टी सदस्यहर लाई आव्हान गरिएको छ । बिज्ञप्तिमा भनिएको छ विरोधीहरुले फैलाएको भ्रमहरुलाई चिर्दै पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्दछ ।