• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए

भारत र इंग्ल्यान्डबिचको खेलमा वर्षाको डर, रद्द भए के हुन्छ?



काठमाडौँ । गुयानाको प्रोभिडेन्स स्टेडियममा आज टी–२० विश्वकपको दोेस्रो सेमिफाइनलमा भारतले इंग्ल्याण्डको सामना गर्नेछ । गुयानामा हुन लागेको यो हाई भोल्टेज खेल नेपाली समय अनुसार बेलुकाको ८:१५ बजेबाट सुरु हुँदैछ ।

म्याचको दिन गुयानामा वर्षा हुने सम्भावना ७० प्रतिशत छ तर त्यहाँ कुनै रिजर्भ डे छैन । रिजर्भ डे नहुने भए पनि खेलका लागि २५० मिनेटको अतिरिक्त समय दिइएको छ । त्यसैले बेलाबेलामा वर्षा रोकिन थाल्यो भने खेल कुनै न कुनै रुपमा टुंगिन सक्छ ।

खेल नभएमा भारतीय टोली सुपर–८ राउण्डमा समूहको शीर्ष स्थानमा रहेकाले फाइनलमा पुग्ने छ । इङ्ल्यान्ड टोली आफ्नो समूहमा दोस्रो स्थानमा रहेकोले हार बेहोर्न सक्छ।

भारत र इंग्ल्याण्डको खेल गुयानामा स्थानीय समय अनुसार बिहान १०:३० बजे सुरु हुनेछ । करिब ४:३० घन्टाको अतिरिक्त समय पनि थप भयो भने खेल पूरा गर्न साँझ ६ देखि ७ बजेसम्मको समय हुनेछ ।

यदि टी २० खेलमा पानी पर्न थाल्यो भने, डिएलए विधि प्रयोग गर्न दुवै इनिङ्समा कम्तिमा ५ ओभर खेल्न आवश्यक छ। तर आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलमा डिएलए विधिका लागि कम्तिमा १०–१० ओभरको खेल हुनुपर्ने हुन्छ ।

अर्थात् आजको कुनै पनि सेमिफाइनलमा वर्षा भएमा नतिजा पाउन १०–१० ओभरको खेल आवश्यक छ । एक इनिङ्समा १० ओभर बलिङ गर्न ४५ देखि ५५ मिनेटको समय हुन्छ। १०–१० ओभरको खेल डेढ देखि दुई घण्टामा पूरा गर्न सकिन्छ अर्थात् गुयानामा २ घण्टाको खेल भए पनि नतिजामा पुग्न सकिन्छ ।

मौसम वेबसाइटको अनुसार, गुयानामा आज दिनभर ७५ प्रतिशत सम्म वर्षा हुने अपेक्षा गरिएको छ। शहरमा बिहान ९ बजे ४० प्रतिशत, १० बजे ६६ प्रतिशत, ११ बजे ७५ प्रतिशत र दिउँसो १२ बजे ५० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ । खेल बिहान १०:३० बजे सुरु हुने तालिका छ । पहिलो ३ घण्टामा ५० प्रतिशत भन्दा बढी वर्षाको सम्भावना छ।

दक्षिण अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलको लागि रिजर्भ डे थियो । तर, वर्षाले खेलमा कुनै बाधा नआएपछि खेल २ घण्टामै सकिएको थियो । अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ ।

दोस्रो सेमिफाइनलको लागि भने रिजर्भ डे छैन । दिनको खेल र समय अभावका कारण रिजर्भ डे नराखिएको बुझिएको छ । समय अभावका कारण २७ जुनमा दोस्रो सेमिफाइनलमा रिजर्भ डेको सट्टा २५० मिनेट अतिरिक्त समय दिइएको थियो । २९ जुनमा फाइनल तोकिएको छ ।

सेमिफाइनलको खेल बराबरी भएमा समूह चरणको नियम जस्तै नकआउटमा पनि सुपर ओभरको प्रयोग हुनेछ । यदि सुपर ओभर पनि टाई रह्यो भने अर्को सुपर ओभर हुनेछ।