२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी स्थानान्तरण अभियान जारी

बंगलादेशमा रोहिङ्ग्या शरणार्थी स्थानान्तरण अभियान जारी
अ अ+ अ-

ढाका । बंगलादेशमा शरणार्थीका रुपमा रहेका रोहिङ्ग्या मुस्लिम समुदायका केही व्यक्तिलाई चार वटा नौसैनिक जहाजमा राखेर मङ्गलबार अन्यत्र स्थानान्तरण गरिएको छ । 

बंगलादेशले हाल रोहिङ्ग्या शरणार्थी शिविरमा निकै भिड भएको भन्दै बंगलादेशकै अर्को टापुमा केही शरणार्थीलाई स्थानान्तरण गर्ने प्रक्रिया थालेको छ । रोहिङ्ग्या शरणार्थीलाई उनीहरुकै मुलुक म्यान्मार फर्काउने विषयमा भइरहेका प्रयास तत्कालका लागि सफल नभएपछि बंगलादेशले नयाँ कदम चालेको हो ।

सरकारले झण्डै एक हजार ८०० शरणार्थीले भाशान चार भन्ने टापुमा नयाँ जीवन शुरु गर्न इच्छा देखाएको जनाएको छ । यस टापुमा यसै महिनाको शुरुतिर एक हजार ६०० शरणार्थी स्थानान्तरण भइसकेका छन् ।

तर अधिकारकर्मीहरुले शरणार्थी स्थानान्तरण प्रक्रियामाथि शंका व्यक्त गरेका छन् । उनीहरुको भनाईमा कतिपय शरणार्थीलाई जबर्जस्ती नयाँ स्थानमा स्थानान्तरण गरिएको छ । 

बंगलादेश सरकारले करिब १० लाख शरणार्थीमध्ये नयाँ स्थानमा एक लाखलाई नयाँ घर बनाएर राख्न चाहेको स्पष्ट पारिसकेको छ । यस टापुमा हरेक वर्ष बंगालको खाडीबाट शुरु हुने डरलाग्दा समुद्री छालले दुःख दिने गरेको छ । 

स्थानान्तरित हुने रोहिङ्ग्या समुदायका व्यक्तिहरुले चटगाउँबाट भाशान चारतर्फ प्रस्थान गर्नुअघि आफूसँग भएका सरसामान, खेलौना, कुखुरा समेत बोकेका थिए । साथीहरुसँग छुट्टिनुअघि उनीहरु एकअर्कासँग अंकमाल गर्दै सेल्फी खिचिरहेका थिए ।

बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिनले भाशान चार निर्जनजस्तो देखिए पनि यो “सुन्दर रिसोर्ट” रहेको बताउनुभयो । 

म्यान्मारको सैन्य कारबाहीबाट जोगिन सन् २०१७ मा ठूलो संख्यामा रोहिङ्ग्या मुस्लिम समुदाय पलायन भएर सीमावर्ती बंगलादेशमा आइपुगेका थिए । यहाँ हाल करिब १० लाख शरणार्थी छन् ।

रोहिङ्ग्या समुदायको पलायन रोक्ने विषयमा बंगलादेश दिर्घकालीन समाधान खोज्न संघर्षरत रहेकै अवस्थामा बंगलादेशी अधिकारीहरु भने रोहिङ्ग्याका लागि भाशान चारमा राम्रो बसोबास र सुरक्षा उपलब्ध गराउने अभियानमा लागेका छन् ।  

विदेश मन्त्री मोमिनले भाशान चारमा रहेको व्यवस्थाबाट रोहिङ्ग्या समुदायका व्यक्तिहरु निकै प्रसन्न रहेको दाबी गर्नु भयो । 

कतिपय रोहिङ्ग्या समुदायका व्यक्तिहरुले आफूहरु खुशीसाथ नयाँ स्थानमा जान लागेको बताएका छन् । सैनिक जहाजमा चढेका शाफी आलमले पुरानो शिविर निकै भिडभाडयुक्त र घुमघाम गर्न समेत कठिन हुने किसिमको रहेको बताउनुभयो । 

डिसेम्बर ४ मा पहिलो पटक स्थानान्तरित गरिएकामध्ये कतिपय रोहिङ्ग्याहरुले बंगलादेशी प्रहरीले आफूहरुलाई कुटपिट गरेको र धम्क्याइएको बताएका थिए । 

राष्ट्रसंघले रोहिङ्ग्याको स्थानान्तरण प्रक्रियामा आफूहरु सहभागी नरहेको बताएको छ ।