८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ज्यापू समाजमा योमरी  पुन्हि मनाइँदै



अ+ अ-

काठमाडौं । आज यःमरी पूर्णिमा घरमै बसेर मनाइने भएको छ । परम्पराअनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै छ । 

भक्तपुरमा धनेश्वरमा यःमरी चढाएर यो पर्व मनाइने भएको छ । महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार यो दिन गरिबलाई यःमरी दान दिँदा जति दिएको हो अर्को वर्ष दोब्बर प्राप्त हुन्छ भन्ने कथनअनुसार यःमरी वितरण हुन्छ ।

ज्यापू समाज पाटनका अध्यक्ष चन्द्र महर्जनका अनुसार ४० टोलका ज्यापू समुदायले यःमरी तयार गर्ने तर सभा  र्‍याली आयोजना नगर्ने भएका छन् । सोही दिन पर्ने ज्यापू दिवस पनि भीडभाड र औपचारिक कार्यक्रम नगरी मनाइने समाजले जनाएको छ । ज्यापू समाज काठमाडौँ नगर कमिटी कोषका संयोजक शान्तराज महर्जनका अनुसार टोलका वाद्य गुरु, संयोजक र समाजका स्थानीय अध्यक्षबीच मात्र भेटघाट हुन्छ ।

नेवार समुदायको परिचय बनेको यःमरी व्यावसायिक हुँदै गएको छ । विशेष अवसर र समयमा मात्रै बनाइने यःमरी अहिले बाह्रै महिना पाउन सकिन्छ । राजधानीको इन्द्रचोकको गल्लीमा विगत १२ वर्षदेखि यःमरीको व्यापार गर्दै आउनुभएकी सन्तमाया महर्जनले भन्नुभयो, ‘‘पहिला पहिला यःमरीको व्यापारमा अलिक कम भए पनि अहिले भने राम्रो छ । दैनिक पाँच सयवटासम्म यःमरी बिक्री हुन थालेको छ ।

यःमरी पूर्णिमाबारे धार्मिक कथनअनुसार तत्कालीन पाञ्चाल (पनौती) देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा दम्पती भगवान् विष्णुका परम भक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भीक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राह्माणरूपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाए । उनको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर जानुभयो ।