२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड



अ+ अ-

ठूलीभेरी । शे–फोक्सुण्डो गाउँपालिकाले खानेपानी, सिँचाइ, शौचालय, शिक्षा, स्वाथ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिई बजेट व्यवस्था गरको छ ।

साल्दाङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा यही मङ्सििर ९ र १० गते बसको १६औँ हिउँदे गाउँसभाले पालिकावासीको मागलाई सम्बोधन गर्नेगरी स्थानीय जनतासँग प्रत्यक्षरूपमा जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानीलगातयका क्षेत्रलाई प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष धावा सम्दुक गुरुङले जानकारी दिनुभयो । उहाँले स्थानीय पालिकाको सिमित स्रोतसाधनबाट मात्र जनताको माग पूरा गर्न नसकिने देखिएकाले डोल्पा जिल्लास्थित गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा विकास योजना सम्पन्न गर्ने पक्षमा गाउँसभा रहेको स्पष्ट गर्नुभयो ।

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको साल्दाङस्थित पालिका कार्यालयले यस आर्थिक वर्षअन्तर्गत हिउँदे अधिवेशन गर्ने पहिलो पालिका भएको दावी गर्दै बेरुजु फस्र्योटलाई प्राथमिकता दिई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो पालिकाले स्थानीय गैरसरकारी संस्था एलआईएसपीसँगको साझेदारीमा औचित्य र आवश्यकताका आधारमा तीन करोड रुपैयाँ वडाहरूलाई बाँडफाँड गरको पालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।