२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमवार जनकपुरमा पार्टीका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

२०१७ सालमा कू गरी राजा महेन्द्रले विपी कोईराला लगायतका नेता, कार्यकर्तालाई जेलमा कोचेपछि ठाकुरले उनीमाथि बम प्रहार गरेका थिए । सो घटनाको स्मरण गर्दै सभापति देउवाले जनताको अधिकार खोस्ने राजा महेन्द्रविरुद्ध बम हान्ने व्यक्ति ठाकुरले प्रजातन्त्र पुनःप्राप्तीको लडाईका देखाउनुभएको समर्पण सबैका लागि अनुकरणीय रहेको बताउनु भयो । उहाँले जेलमा रहँदा आफूले ठाकुरलाई प्रजातन्त्रका लागि लडाई लड्नुपर्छ भन्ने अथक योद्धाको रुपमा भेटेको स्मरण पनि गराउनु भयो । सभापति देउवाले ठाकुरको योगदानको उच्च सम्मान गर्दै पार्टीले उहाँको पत्नी मञ्जु ठाकुरलाई संविधान सभा सदस्य बनाएको र आगामी दिनमा पनि त्यस्तै अवसर दिने आश्वासन समेत दिनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘२०१७ सालमा राजा महेन्द्रले कू गरेर नेपाली जनताको अधिकार खोसेर सारा नेपाली जनताका प्रत्येक नेताहरु विपी कोइरालालगायतका नेता, कार्यकर्तालाई जेल हालेको थियो । त्यस्तो व्यक्ति, त्यस्तो राजाको खिलाफमा हाम्रो पार्टी सशष्त्र आन्दोलन ग¥यो । त्यसमा अरविन्द ठाकुरजीले धेरै ठूलो योगदान दिनुभएको छ । बम समेत हान्नुभएको छ । त्यस्तै हाम्रो शहीद नै भए दुर्गानन्द झा । त्यसकारण त्यस्तो व्यक्ति जो हुनुहुन्छ । आज मैले उहाँको प्रतिमा शिलान्यास गर्ने मौका पाएँ । अत्यन्तै खुशी लाग्यो मलाई । यस्तो अवस्थामा उहाँकी पत्नी मञ्जु ठाकुरजीलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँ हाम्रो दलको तर्फबाट संविधान सभा सदस्य पनि हुनुहुन्छ । भोलि पनि कहीँ न कहीँ उहाँलाई ठाउँ दिनुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी छ । उहाँले भोली कहीँ नकहीँ ठाउँ पाउनु हुन्छ । उहाँका छोराहरु रोशन ठाकुर र राहुल ठाकुर हुनुहुन्छ । उहाँहरुसहित सम्पूर्ण परिवारजनमा मेरो हार्दिक सम्मान छ । हाम्रो पार्टीको सम्मान छ ।’

‘अरविन्द ठाकुरजीले जो योगदान दिनु भएको छ । यसका लागि उहाँहरुको ठूलो योगदान भएकाले उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अव मैले भन्नुपर्ने धेरै कुराहरु छैन । हामीसँगै जेलमा थियौं । उहाँ छुटेपछि उहाँलाई एकपल्ट अपर हाउसमा मेम्वर बनाएका थियौं । उहाँको अचानक निधन भयो । मैले जेलभित्र देखेको हामी साथमा थियौँ । कहिल्यै नथाक्ने, हरेश नखाने, लड्नुपर्छ, भिड्नुपर्छ, प्रजातन्त्रका लागि लड्नुपर्छ भन्ने व्यक्ति हो उहाँ । त्यस्तो व्यक्ति जसलाई सम्मान गर्नु भयो तपाईहरुले । त्यसकरण सबै तपाईहरुलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु । र उहाँले छोडेर जानु भएको सपना पूरा गर्न हामी सबै लाग्नेछौं ।’

सभापति देउवाले काँग्रेसले आफ्ना शहीदको हितमा सधँै काम गर्दै आएको दाबी समेत गर्नुभयो ।