२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 1.54

Humidity: 47

Latest
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण: अर्थमन्त्री पौडेल बल्खुमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता- तस्बिरहरु मन्त्रीपरिषद्बाट वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित घरजग्गा कारोबार किन शिथिल ? तीनकुने घटनामा संलग्न थप ६ जना पक्राऊ इजिप्ट, फ्रान्स र जोर्डनद्वारा गाजामा तत्काल युद्धविराम गर्न माग सांकेतिकताको कुटनीति: सन्तुलन कि अलमल ? धुम्मियो काठमाडौं, तीन दिन पानी पर्ने सम्भावना, प्रदूषणबाट मिल्ला त राहत ? काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरुका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सोमवार जनकपुरमा पार्टीका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको प्रतिमा अनावरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

२०१७ सालमा कू गरी राजा महेन्द्रले विपी कोईराला लगायतका नेता, कार्यकर्तालाई जेलमा कोचेपछि ठाकुरले उनीमाथि बम प्रहार गरेका थिए । सो घटनाको स्मरण गर्दै सभापति देउवाले जनताको अधिकार खोस्ने राजा महेन्द्रविरुद्ध बम हान्ने व्यक्ति ठाकुरले प्रजातन्त्र पुनःप्राप्तीको लडाईका देखाउनुभएको समर्पण सबैका लागि अनुकरणीय रहेको बताउनु भयो । उहाँले जेलमा रहँदा आफूले ठाकुरलाई प्रजातन्त्रका लागि लडाई लड्नुपर्छ भन्ने अथक योद्धाको रुपमा भेटेको स्मरण पनि गराउनु भयो । सभापति देउवाले ठाकुरको योगदानको उच्च सम्मान गर्दै पार्टीले उहाँको पत्नी मञ्जु ठाकुरलाई संविधान सभा सदस्य बनाएको र आगामी दिनमा पनि त्यस्तै अवसर दिने आश्वासन समेत दिनुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘२०१७ सालमा राजा महेन्द्रले कू गरेर नेपाली जनताको अधिकार खोसेर सारा नेपाली जनताका प्रत्येक नेताहरु विपी कोइरालालगायतका नेता, कार्यकर्तालाई जेल हालेको थियो । त्यस्तो व्यक्ति, त्यस्तो राजाको खिलाफमा हाम्रो पार्टी सशष्त्र आन्दोलन ग¥यो । त्यसमा अरविन्द ठाकुरजीले धेरै ठूलो योगदान दिनुभएको छ । बम समेत हान्नुभएको छ । त्यस्तै हाम्रो शहीद नै भए दुर्गानन्द झा । त्यसकारण त्यस्तो व्यक्ति जो हुनुहुन्छ । आज मैले उहाँको प्रतिमा शिलान्यास गर्ने मौका पाएँ । अत्यन्तै खुशी लाग्यो मलाई । यस्तो अवस्थामा उहाँकी पत्नी मञ्जु ठाकुरजीलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँ हाम्रो दलको तर्फबाट संविधान सभा सदस्य पनि हुनुहुन्छ । भोलि पनि कहीँ न कहीँ उहाँलाई ठाउँ दिनुपर्छ भन्ने पक्षमा हाम्रो पार्टी छ । उहाँले भोली कहीँ नकहीँ ठाउँ पाउनु हुन्छ । उहाँका छोराहरु रोशन ठाकुर र राहुल ठाकुर हुनुहुन्छ । उहाँहरुसहित सम्पूर्ण परिवारजनमा मेरो हार्दिक सम्मान छ । हाम्रो पार्टीको सम्मान छ ।’

‘अरविन्द ठाकुरजीले जो योगदान दिनु भएको छ । यसका लागि उहाँहरुको ठूलो योगदान भएकाले उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अव मैले भन्नुपर्ने धेरै कुराहरु छैन । हामीसँगै जेलमा थियौं । उहाँ छुटेपछि उहाँलाई एकपल्ट अपर हाउसमा मेम्वर बनाएका थियौं । उहाँको अचानक निधन भयो । मैले जेलभित्र देखेको हामी साथमा थियौँ । कहिल्यै नथाक्ने, हरेश नखाने, लड्नुपर्छ, भिड्नुपर्छ, प्रजातन्त्रका लागि लड्नुपर्छ भन्ने व्यक्ति हो उहाँ । त्यस्तो व्यक्ति जसलाई सम्मान गर्नु भयो तपाईहरुले । त्यसकरण सबै तपाईहरुलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु । र उहाँले छोडेर जानु भएको सपना पूरा गर्न हामी सबै लाग्नेछौं ।’

सभापति देउवाले काँग्रेसले आफ्ना शहीदको हितमा सधँै काम गर्दै आएको दाबी समेत गर्नुभयो ।