१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो

राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह

राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले शहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन शहरी नीतिलाई मूर्त रुप दिन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार विश्व शहर दिवस तथा विश्व सहरी योजना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री सिंहले राष्ट्रिय सहरी नीतिलाई छिट्टै मन्त्रिपरिषद् बैठकबाट मूर्त रुप दिनुपर्ने भएकाले तदारुकताका साथ काम गरिरहेको बताउनु भयो । उहाँले सहर निर्माणका क्रममा स्थानीय सरकार र अध्ययनशील युवाहरुका विचारहरुलाई समावेश गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुर्खाहरुले छोडेर गएको विरासतलाई सँगसँगै लगेर शहरी विकासका कामहरु गरेर विश्वलाई चिनाउनुपर्ने बताउनु भयो । मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी शहर निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो ।

मन्त्री सिंहले भन्नुभयो,‘सहरी विकासका योजना बनाउँदा अध्ययनशील युवाहरुबाट नयाँ आइडियाहरु आउने भएको कारणले गर्दा युवाहरुको संलग्नता अपरिहार्य छ । नेपालका सहरहरु कस्ता छन् भन्ने कुरामा समेत हामीले हेक्का राख्नुपर्दछ । संसारलाई देखाउन लायक हाम्रो पुरातात्विक कुराहरुले भरिभराउ हाम्रा शहरहरु हुन् । त्यसकारण हाम्रा पुर्खाहरुले छोडेर गएको विरासतलाई राम्रोसँग व्यवस्थित गरेर संसरालाई चिनाउनेतिर हामी लागनुपर्दछ । परापूर्व कालदेखि हामीले ओहोरदेहोर गर्दाखेरि आर्थिक क्रियाकलाप गर्ने ठाउँ काष्टमण्डप हो । आर्थिक क्रियाकलाप चलायन बनाउनका लागि शहरहरुमा के के गर्न सकिन्छ त्यो चाहीँ हामीले गर्नुपर्दछ । जुन हाम्रो शहरी नीति, २०८१ छ त्यसमा जोड दिएर हामीले अगाडि बढ्नुपर्दछ भन्ने लागेको छ । यसलाई मन्त्रिपरिषद्मा लगेर छिट्टै मूर्त रुप दिनुपर्दछ भन्ने लागेको छ । त्यसछि शहरी नितिको आधारमा शहरी ऐन बनाउन सकिन्छ । शहरी नीति पास भइसकेपछि शहरी ऐन बनाउन हामी तदारुकताका साथ काम गर्नेछौं भन्न चाहन्छु ।’

विश्वमा चलेको शहर विकासको ट्रेण्डलाई पछ्याउँदै सहरीकरणका योजना बन्नुपर्नेमा उहाँको जोड थियो ।