५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

परराष्ट्रमन्त्री जापान नजाने, चीन जाने

परराष्ट्रमन्त्री जापान नजाने, चीन जाने
अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान नजाने भएकि छिन् । उनी यही नोभेम्बर २५ मा जापान जाने कार्यक्रम रहेकामा सो स्थगित भएको छ ।

उनले जापानमा गराएको स्वास्थ्य उपचारको फलो अपका लागि त्यहाँ जाने कार्यक्रम रहेकामा चिकित्सकको समय अहिले नमिलेपछि उनी जापान जाने कार्यक्रम स्थगित भएको हो । परराष्ट्र मन्त्रालयको स्रोतका अनुसार यस पटक चिकित्सकको समय नमिलेका कारण उनी उपचारका लागि अर्काे महिना जापान जाने कार्यक्रम तय भएको हो ।

परराष्ट्रमन्त्री डा देउवा जापानमा स्वास्थ्य जाँच गराएर त्यतैबाट नोभेम्बर २८ तारिखमा बेइजिङ पुग्ने कार्यक्रम रहेको थियो । अब जापान नजाने भएपछि उनी प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीस्वरुप र आवश्यक एजेण्डाहरु तय गर्न यतैबाट नोभेम्बर २८ मा चीन जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयको समाचार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री डा देउवाले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । सो वार्ता नोभेम्बर २९ का लागि तय भएको छ । उनी त्यसपछि फर्किएर नेपाल आउने र पछि प्रधानमन्त्रीसँगै चीन जाने कार्यक्रम तय भएको पनि मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि यही मंसिर १७ गते (डिसेम्बर २) मा चीन जाने कार्यक्रम छ । प्रधानमन्त्री डिसेम्बर ५ अर्थात् मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।