१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसभामुख ढुंगानाको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक प्रकट



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रकट गर्न ढुंगाना निवास पुग्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले बत्तीसपुतलीस्थित निवासमा पुगी शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो ।

‘पूर्व सभामुख, वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी नेता दमननाथ ढुङ्गानाको निधनको खबरले म अत्यन्त दुःखी भएको छु । श्री ढुङ्गानाले २०४७ सालमा जारी संविधानको मस्यौदा बनाउन गठित संविधान सुझाव आयोगको सदस्य, २०४८ सालमा सम्पन्न निर्वाचनबाट बनेको प्रतिनिधिसभाको सभामुख र ०६२र६३ सालको दोस्रो जनआन्दोलनमा नागरिक अगुवाका रूपमा लोकतन्त्रको स्थापना र यसलाई संस्थागत गर्ने कार्यमा पुऱ्याउनु भएको विशिष्ट योगदानका लागि हामी उहाँलाई सदा सम्झिरहनेछौँ। म दिवंगत ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ ढुंगाना निवासमा पुगेर भण्डारीले दिनुभएको शोक वक्तव्यमा भनिएको छ ।

 

 

पूर्व सभामुख ढुंगानाको गत मंसिर २ गते काठमाडौंमा निधन भएको थियो । ढुंगाना ०४८ सालदेखि ०५१ सालसम्म सभामुख हुनुहुन्थ्यो ।