१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा, यी चार टोलीबीच हुनेछ भिडन्त



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकप २०२४ मा सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको छ ।

नेपाली समयानुसार मंगलबार बिहान अफगानिस्तानले बंगलादेशमाथि रोमाञ्चक जित निकालेसँगै सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो । २० टोलीबीच भएको भिडन्तमा अब चार टोलीमात्रै उपाधि नजिक छन् ।

सुपर ८ मा दुई ग्रुप थिए जसबाट भारत र इंग्ल्यान्ड तथा दक्षिण अफ्रिका र अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाएका छन् । यी चार टोलीले बिहिबार फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो सेमिफाइनल खेल जुन २७ (बिहिबार) बिहान र राति हुनेछ । बिहान ६ः१५ बजे दक्षिण अफ्रिका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ भने राति सवा ८ बजे भारत र इंग्ल्यान्ड आमनेसामने हुनेछन् ।

फाइनल खेल शनिबार राति ८ः१५ बजे हुनेछ ।