३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजील्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजित



अ+ अ-

न्यूजील्यान्ड । न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढङ्गबाट १०१ रनले पराजित गरेको छ । 

न्यूजील्यान्ड विरुद्ध सशक्त प्रतिरोध गरेको पाकिस्तानी टोली अन्तिम दिनको अन्तिम सत्रमा २७ बल बाँकी छँदा अलआउट भएको थियो । खेल बराबरी हुन्छ वा न्यूजीन्यान्डले जित्छ भन्ने अन्यौलकै बीच न्यूजील्यान्ड विजयी भएको हो ।
 
पाकिस्तानका पुछारको क्रमका खेलाडीहरु शाहीन अफ्रिदी र नासीम शाहले झण्डै सात घण्टा क्रिजमा बिताएका थिए । तर कमजोर प्रकाशमा भएको खेलमा पाकिस्तानको प्रतिरोध आखिरमा न्यूजील्यान्डका स्पिनर मिचेल सान्टनरले नासीमलाई “कट एन्ड बोल्ड” गरेर समाप्त पारिदिएका थिए । 

यसअघि फवाद आलम र मोहम्मद रिजवानबीच पनि पाँचौं विकेटका लागि १६५ रनको महत्वपूर्ण साझेदारी भएको थियो । तर यो जोडीलाई कायले जेमिसनले तोडेका थिए । 

जेमिसनले रिजवानलाई ६० रनमा आउट गरेका थिए भने निल वाग्नरले १०२ रन बनाएका आलमलाई आउट गरेका थिए । पाकिस्तानले दोस्रो इनिङमा अल आउट हुँदै २७१ रन मात्र बनाएको थियो । 

न्यूजील्यान्डले पहिलो इनिङमा ४३१ तथा दोस्रो इनिङमा १८० रन बनाएर जितका लागि ३७३ रनको चुनौती दिएको थियो । जबकी पाकिस्तानी टोली पहिलो इनिङमा २३९ र २७१ रनमा अल आउट भएको थियो । 

यो जितसँगै दुई खेलको यस टेस्ट शृंखलामा न्यूजील्यान्ड १–० ले अघि भएको छ । अर्को टेस्ट खेल जनवरी ३ देखि क्राइस्टचर्चमा शुरु हुनेछ ।