४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

पुस १७ गते राष्ट्रिय सभाको पहिलो बैठक बस्ने

पुस १७ गते राष्ट्रिय सभाको पहिलो बैठक बस्ने
अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गर्नुभएको छ । 

बुधबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड १९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो । तर यो अवधिभर राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सर्तकता अपनाउन आग्रह गर्नुभएको छ । १७ गतेको बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । संसद भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उहाँले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरुलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानि अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘अहिले हामी कोभिड–१९ कै महामारीकाबीचमा छौं । तसर्थ स्वास्थ्य सावधानि अपनाउने कुरामा माननीयज्यूहरु जो जिल्लामा, क्षेत्रमा बाहिर जानुभएको छ उहाँहरु अलिक सर्तकता, क्वारेन्टाइनमा सम्म बस्नेपनि बिचार गरेर आइदिनुप¥यो । भोली उहाँहरुको स्वाव संकलन एवं स्वास्थ्य परीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौं । पर्सि रिपोर्ट आइहाल्छ । त्यसको आधारमा प्रवेश गर्छौं। यसकारण स्वाव दिनुअघि आजैको दिनमा पनि बाहिर, अरु मासमा अन्यत्र नजाउँ । किनकी आजको संक्रमण भोलीको स्वावमा देखिदैन । त्यसकारण सर्तकता अपनाउँ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य बाहेक बैठक स्थलमा प्रवेश गर्ने सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायत सबैलाई पनि सर्तकता अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो ‘सुरक्षाकर्मी, सचिवालयका कर्मचारी, पत्रकार मित्रहरु जो त्यहाँ जान्छौँ उहाँहरु उच्च सर्तकताका साथ जानुप¥यो । दुरी कायम राखिदिने, मास्कको अनिवार्य प्रयोग गरिदिने, त्यहाँ सेनिटाइजरको व्यवस्था गरिएको छ त्यसलाई प्रयोग गर्ने यति कुराहरु ग¥यौ भने सचिवालयको तर्फबाट स्वास्थ्य मापदण्डका सबै प्रक्रियाहरु पुरा गर्नेगरी व्यवस्थापन मिलाएका छौँ । भित्रको त्यतिले मात्रै पर्याप्त हुँदैन, घर बाहिर अन्य गतिविधिमा जाँदापनि त्यत्तिकै सावधानि अपनाउनुपर्ने हुन्छ ।’

अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य सावधानि अपनाउन सकेको खण्डमा राष्ट्रिय सभाको यस अधिवेशनलाई स्वास्थ्यको कारण आउने बाधा बिना नै अगाडी बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रतिनिधि सभा नभएको अवस्थामा बिलहरु दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था नभएको उल्लेख गर्दै सरकारी बिजनेश भएन भने सदन लामो समय लैजान नसकिने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले प्रतिनिधि सभा नभएको हुँदा बिलहरु तल गएर दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था त छैन । तरपनि सरकारी बिजनेस भएन भने हामीलाई लामो समयसम्म हाउस लानसक्ने अवस्था हुँदैन । जसले गर्दाखेरी जनताका आवाजहरु देश र जनताका जल्दाबल्दा समस्या, सरकारकै बारेमा पनि नागरिकका चासोहरु आफ्नो प्रतिनिधि मार्फत सदनमा व्यक्त हुने अवसर लामो समय पाउन सकिदैन । छोटो हाउस भयो भने छोटो मात्रै व्यक्त हुन्छ । यसकारणले त्यस्ता विषयहरु जसलाई हामीले हाउसमा ल्याउँदाखेरी पनि सरकारलाई सहजता हुन्छ, ऐनहरु बन्ने प्रक्रियामा जान्छन् र अनि त्यसको माध्यमबाट जनताका कुराहरु माननीयले राख्न पाउने एउटा अवस्था बन्छ । त्यतातर्फपनि सरकारले पनि ध्यान दिनेछ । म सबैसँग यही बिनम्र आग्रह गर्न चाहान्छु ।’

राष्ट्रिय सभा अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेको निम्ति आव्हान भएको छ । प्रतिनिधि सभा विघटनपछि पहिलोपल्ट बस्न लागको राष्ट्रिय सभाको यस अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहमा निकै चासो साथ हेरिएको छ ।