• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम



काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेवा गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सरकारले चासो नदेखाएको बताउनु भयो । यसअघिको काँग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पती फिर्ता गर्नुपर्ने बताउनु भयो । उहाँले हिरा बन्ने २४ टन नेपाली सम्पती बिनासित्तै भारतलाई बुझाउने काम भएकाले सम्पती फिर्ता हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गर्‍यो, सुनिदिनुपर्‍यो भनेर विभिन्न ठाउँमा भनेको थिएँ । गएको सरकार, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) अन्य कतिपय राजनीतिक पार्टीहरु मिलेर बनेको सरकारको पालामा भारतको अयोध्यामा रामको मन्दिर बनाउन उनीहरुले नेपालमा शालिग्राम मागे रे । नेपाल सरकारले धुमधामसित त्यो शालिग्राम उठाएर गाडीमा राखेर अयोध्या लगिदिए । रामको मन्दिर त बनेन । मलाई त्योसँग मतलव छैन । त्यो शालिग्राम के हो ? मैले शालिग्रामबाट नै हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, मैले बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पती बिनासित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ । त्यो हाम्रो सम्पती हो ।’

उहाँले बिनासित्तै देशको सम्पती अरुलाई दिन नहुने बताउनु भयो ।