२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेवा गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सरकारले चासो नदेखाएको बताउनु भयो । यसअघिको काँग्रेस सम्मिलित नेकपा (माओवादी केन्द्र) को सरकारले भारतको अयोध्यामा रामको मन्दिर बनाउन शालिग्राम पठाएको भन्दै शालिग्रामबाट नै हिरा बन्ने भएकाले भारतले सो सम्पती फिर्ता गर्नुपर्ने बताउनु भयो । उहाँले हिरा बन्ने २४ टन नेपाली सम्पती बिनासित्तै भारतलाई बुझाउने काम भएकाले सम्पती फिर्ता हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गर्‍यो, सुनिदिनुपर्‍यो भनेर विभिन्न ठाउँमा भनेको थिएँ । गएको सरकार, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) अन्य कतिपय राजनीतिक पार्टीहरु मिलेर बनेको सरकारको पालामा भारतको अयोध्यामा रामको मन्दिर बनाउन उनीहरुले नेपालमा शालिग्राम मागे रे । नेपाल सरकारले धुमधामसित त्यो शालिग्राम उठाएर गाडीमा राखेर अयोध्या लगिदिए । रामको मन्दिर त बनेन । मलाई त्योसँग मतलव छैन । त्यो शालिग्राम के हो ? मैले शालिग्रामबाट नै हिरा बन्छ भनेँ । वैज्ञानिकसँग सम्पर्क गरेँ, मैले बुझेँ । हिरा बन्ने २४ टन नेपाली सम्पती बिनासित्तै भारतलाई बुझाउने काम भयो । त्यो नेपालले फिर्ता पाउनुपर्छ । त्यो हाम्रो सम्पती हो ।’

उहाँले बिनासित्तै देशको सम्पती अरुलाई दिन नहुने बताउनु भयो ।




भर्खरै