३ पुष २०८२, बिहीबार
,
Latest
रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुवाँथाईको बर्ष खेलाडी सम्मान



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ । 

पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो । सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गनुर्भभयो ।

कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिख सम्म मित्र राष्ट्र थाईल्याण्डम सम्पन्न १६ औं बिश्व मुवाँथाई च्याम्पियनसिप – २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । संघले पलिस्थालाई २०१९ को बर्ष खेलाडी घोषित गर्दै सम्मान गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ का कारण सम्पूर्ण खेल गतिविधीहरु बन्द भएका कारण अहिले आएर उक्त सम्मान गरिएको हो ।

यस्तै संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोशाक (ट्रायकसुट) प्रदान गर्यो । खेलाडीहरुलाई उक्त पोशाक प्रमुख अतिथी राखेप उपाध्यक्षले वितरण गर्नुभयो । सम्मानित हुने खेलाडीहरुमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दील ठोकर, अभिषेक राई, संदीप तामाङ्ग, सन्तोष खत्री, शर्मिला मोक्तान, संजय राई, गुनसाँग तामाङ्ग रहनुभएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राखेप उपाध्यक्ष कोईरालाले खेलाडीहरुलाई सम्मान गरेकोमा संघलाई धन्यवाद प्रदान गर्दै यस्तका कार्यक्रमले खेलाडीको हौसला अभिबृद्धि गर्न मद्धत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । यस्तै उपाध्यक्ष कोईरालाले राखेपमा दर्ता रहेर पनि क्रियासिल नरहने संघहरुको अस्तित्व नरहने र भद्रगोल रुपमा चलेको नेपाली खेलकुदलाई ब्यवस्थित रुपमा अगाडी बढाउने प्रयास सुरु भईसकेको बताउनुभयो । कोईरालाले अव राखेपमा संघ दर्ता गर्ने मात्र नभई राखेपले दायित्व पनि लिनु पर्ने र राष्ट्रिय संघले पनि परिषदको बारेमा जानकारीका साथै परिषद्लाई सहयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा मिस नेपाल ईन्टरनेशनल २०१९, मिरा कक्षपती, ४ पटक सम्म गिनिज बुक अफ रेकर्डमा नाम लेखाउन सफल खेलाडी दिनेश पार्कर, समाजसेवी प्रकाश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।