१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अष्ट्रेलियाबीचको खेलमा वर्षा हुने अधिक सम्भावना, कसलाई फाइदा कसलाई बेफाइदा ?



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीच आज महाभिडन्त हुँदैछ । यो टी–२० विश्वकप २०२४ को ५१ औं खेल हो, जसलाई जितेर दुबै टोली सेमिफाइनलको यात्रा तय गर्न चाहन्छन् ।

आइतबार भएको खेलमा अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले ठूलो अपसेट बनाएको थियो । अब भारतसँगको खेल अष्ट्रेलियाका लागि ‘गर या मर’को हुनेछ ।

अर्कोतर्फ भारतीय टोलीले अघिल्लो खेलमा बंगलादेशलाई ५० रनले पराजित गरेको छ । दुई टोलीबीचको खेल सेन्ट लुसियाको ड्यारेन सामी स्टेडियममा नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । यो खेल अघि, सेन्ट लुसियाको मौसम फ्यान र टोलीका लागि तनावको कारण बनेको छ ।

सेन्ट लुसियाको मौसम खराब रहन सक्छ । समग्रमा वर्षाको सम्भावना ५६ प्रतिशत रहेको छ । यस्तो अवस्थामा यदि यो खेल वर्षाका कारण रद्द भयो भने दुवै टोलीलाई एक–एक अंक दिइनेछ र भारतको जम्मा ५ अंक हुनेछ र सेमिफाइनल पुग्ने छ । तर, अष्ट्रेलियाको जम्मा तीन अंक मात्र हुनेछ । यसपछि उसले बंगलादेश र अफगानिस्तानबीचको खेलको नतिजामा भर पर्नु पर्नेछ ।

भारत र अष्ट्रेलियाबीच हालसम्म कुल ३१ खेल भइसकेका छन्, जसमा अस्ट्रेलियाले १९ पटक जित हात पारेको छ भने ११ खेल भारतले जितेको छ । एक खेलको नतिजा आएको छैन ।

यस्तै, टी–२० विश्वकपमा दुई टोलीबीच जम्मा ५ खेल खेलिएको थियो जसमा भारतले तीन खेल जितेको थियो भने अष्ट्रेलियाले दुई खेल जितेको थियो । २००७ टी–२० विश्वकपमा, भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको थियो ।