१४ आश्विन २०८१, सोमबार
,
Latest
तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित वर्षाजन्य विपद्: ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध धादिङ र काभ्रेका सीडीओ फेरिए अमेरिका भ्रमण पूरा गरेर प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे संरक्षका लागि विशेष योजना ल्याउन सांसद पौडेलको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकार सँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि विरुवा रोप्ने अभियान नै शुरु गर्नुपर्ने बताउनु भयो । उहाँले चुरे मानविय अतिक्रमणको दुष्चक्रमा परेको भन्दै चुरे दोहनलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले चुरे संरक्षणको लागि निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गमलामा विरुवा रोपेर चुरेको संरक्षण हुँदैन । चुरे दिवसको दिन एउटा बिरुवा रोपेर पनि चुरेको संरक्षण हुन सक्दैन । चुरेको संरक्षण गर्ने हो भने विरुवा रोप्ने अभियान सरकारले शुरु गर्नु जरुरी छ । सबै राजनीकि दलका कार्यकर्ताले विरुवा रोप्ने अभियान शुरु गर्नु जरुरी छ । एकै दिनमा हजारौँ बिरुवा रोप्न सक्यौँ, इलामदेखि कञ्चनपुरसम्म करोडौँ विरुवा रोप्न सक्यौँ भने मात्रै चुरेको संरक्षण हुन सक्छ । त्यसैले चुरे संरक्षणको विषयलाई सरकारले विशेष विषय बनाउनु जरुरी छ । वन तथा वातावरण मन्त्रालयले यसलाई विशेष ढंगबाट अगाडी बढाउनु जरुरी छ । चुरे संरक्षणको निश्चित कानूनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गरियोस् ।’

चुरे संरक्षणका लागि भुइँ मान्छेहरुले आवाज उठाइरहेको भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको उहाँको भनाई छ ।