२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले अष्ट्रेलियालाई हरायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा अफगानिस्तानले अष्ट्रेलियामाथि २१ रनको ऐतिहासिक जित निकालेको हो । १४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रनमा अलआउट भयो ।

उसका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा अन्य ब्याट्सम्यान फ्लप सावित भए । मिचेल मार्सले १२, मार्कुस स्टोइनिसले ११, आडम जाम्पाले ९, माथ्यु वेड र जोस हेजलवुडले ५–५, प्याट कमिन्स र डेभिड वार्नरले ३–३ रनमात्रै बनाए ।

अफगानिस्तानलाई जित दिलाउन गुलबादिन नइबले ४ तथा नवीन उल हकले ३ विकेट लिए । यस्तै, अजमातुल्लाह ओमारजाई, मोहम्मब नाबी र रासिद खानले १–१ सफलता हात पारे ।

त्यसअघि सेन्ट भिन्सेन्टको आर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोड्यो ।

उसका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाजले ४९ बलमा ६० तथा इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, करिम जनतले १३ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले ह्याट्रिकसहित ३ विकेट लिए । उनले १९ औं ओभरमा ह्याट्रिक लिएका हुन् । उनको यो लगातार दोस्रो ह्याट्रिक हो । यसअघि बंगलादेशसँगको खेलमा पनि कमिन्सले ह्याट्रिक लिएका थिए ।

यस्तै, आडम जाम्पाले २ तथा मार्कुस स्टोइनिसले १ विकेट लिए ।

जितसँगै ग्रुप १ को अंकतालिका रोमाञ्चक बनेको छ । २ खेलबाट भारत ४ अंकसहित शीर्षस्थानमा छ भने अष्ट्रेलिया २ अंकसहित दोस्रो र अफगानिस्तान २ अंकसहित तेस्रो स्थानमा छ । अंकविहिन बंगलादेश पुछारमा छ ।