• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित ★   प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित ★   राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित ★   हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छः अध्यक्ष नेपाल ★   खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए प्राप्त गरेका विद्यार्थीको पढाइको ग्यारेन्टी लिन सरकारसँग माग ★   दुई पटक बयान दिएको व्यक्तिलाई फरार अभियुक्त बनाइयो, गृहमन्त्रीले जवाफ दिनुपर्छः सांसद खतिवडा ★   आर्थिक विधेयक,२०८१ मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना छैनः अर्थमन्त्री पुन

कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य



काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ ।

सेन्ट भिन्सेन्टको आर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोड्यो । उसका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाजले ४९ बलमा ६० तथा इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, करिम जनतले १३ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले ह्याट्रिकसहित ३ विकेट लिए । उनले १९ औं ओभरमा ह्याट्रिक लिएका हुन् । उनको यो लगातार दोस्रो ह्याट्रिक हो । यसअघि बंगलादेशसँगको खेलमा पनि कमिन्सले ह्याट्रिक लिएका थिए ।

यस्तै, आडम जाम्पाले २ तथा मार्कुस स्टोइनिसले १ विकेट लिए ।