१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पटक बयान दिएको व्यक्तिलाई फरार अभियुक्त बनाइयो, गृहमन्त्रीले जवाफ दिनुपर्छः सांसद खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले काठमाडौं जिल्ला अदालतमा पेश भएको द डार्क फाइलको मुद्दामा दुई पटक प्रहरीले बयान लिएको व्यक्तिलाई फरार अभियुक्त बनाइएको भन्दै यस सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले द डार्क फाइलको मुद्दामा राजकुमार तिमल्सिना, युवराज कँडेल र नविन ढुङ्गानालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको उल्लेख गर्नुभयो । उहाँले २ जना मान्छे प्रहरीको सम्पर्कमा नभएको भन्दै राजकुमार तिमल्सिनालाई प्रहरीले दुईचोटी बयान लिएर पनि फरार अभियुक्तको रुपमा मुद्दा अदालतमा पेश गरिएको बताउनु भयो । उहाँले बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त बनाइएकोप्रति गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘१४ गते काठमाडौं जिल्ला सहकारीमार्फत काठमाडौं जिल्ला अदालतमा एउटा चर्चित द डार्क फाइल भन्ने मुद्दा प्रस्तुत भएको छ । यो मुद्दामा ३ जना अभियुक्त बनाइएको छ, राजकुमार तिमल्सिना, युवराज कँडेल र नविन ढुङ्गाना । तिमध्ये २ जना मान्छे सिआईबिमा सम्पर्कमा भएनन् । तर राजकुमार तिमल्सिनालाई दुईचोटी बयान लिएर नेपाल प्रहरीको सिआइबिले फरार अभियुक्तका रुपमा अदालतमा पेश गरिएको छ ।

कुनै बेला ६० केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिएका चलाउने भन्ने मान्छेको नाममा मुद्दा चलाउँदाखेरी तत्कालिन एआईजीलाई कारबाहीको प्रस्तावसम्म गरियो भने तर अहिले बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा, किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेश गरियो । यो आपत्तिजनक छ कसको निर्देशनमा भयो यसको जवाफ गृहमन्त्रीले सदनमा दिनुपर्छ भनेर आग्रह गर्न चाहन्छु ।

दुई पटक सिआइबिमा बयान लिएको मान्छेलाई के आधारमा फरार अभियुक्त भनेर अदालतमा पेश गरियो त्यसको जवाफ छिटोभन्दा छिटो सदनलाई जानकारी गराइयोस् ।’