२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पटक बयान दिएको व्यक्तिलाई फरार अभियुक्त बनाइयो, गृहमन्त्रीले जवाफ दिनुपर्छः सांसद खतिवडा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले काठमाडौं जिल्ला अदालतमा पेश भएको द डार्क फाइलको मुद्दामा दुई पटक प्रहरीले बयान लिएको व्यक्तिलाई फरार अभियुक्त बनाइएको भन्दै यस सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।

आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले द डार्क फाइलको मुद्दामा राजकुमार तिमल्सिना, युवराज कँडेल र नविन ढुङ्गानालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको उल्लेख गर्नुभयो । उहाँले २ जना मान्छे प्रहरीको सम्पर्कमा नभएको भन्दै राजकुमार तिमल्सिनालाई प्रहरीले दुईचोटी बयान लिएर पनि फरार अभियुक्तको रुपमा मुद्दा अदालतमा पेश गरिएको बताउनु भयो । उहाँले बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त बनाइएकोप्रति गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘१४ गते काठमाडौं जिल्ला सहकारीमार्फत काठमाडौं जिल्ला अदालतमा एउटा चर्चित द डार्क फाइल भन्ने मुद्दा प्रस्तुत भएको छ । यो मुद्दामा ३ जना अभियुक्त बनाइएको छ, राजकुमार तिमल्सिना, युवराज कँडेल र नविन ढुङ्गाना । तिमध्ये २ जना मान्छे सिआईबिमा सम्पर्कमा भएनन् । तर राजकुमार तिमल्सिनालाई दुईचोटी बयान लिएर नेपाल प्रहरीको सिआइबिले फरार अभियुक्तका रुपमा अदालतमा पेश गरिएको छ ।

कुनै बेला ६० केजी सुन प्रकरणमा फरार अभियुक्त भनेर बयान लिएका चलाउने भन्ने मान्छेको नाममा मुद्दा चलाउँदाखेरी तत्कालिन एआईजीलाई कारबाहीको प्रस्तावसम्म गरियो भने तर अहिले बयान लिएको अभियुक्तलाई कसको निर्देशनमा, किन बयान लिएको मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेश गरियो । यो आपत्तिजनक छ कसको निर्देशनमा भयो यसको जवाफ गृहमन्त्रीले सदनमा दिनुपर्छ भनेर आग्रह गर्न चाहन्छु ।

दुई पटक सिआइबिमा बयान लिएको मान्छेलाई के आधारमा फरार अभियुक्त भनेर अदालतमा पेश गरियो त्यसको जवाफ छिटोभन्दा छिटो सदनलाई जानकारी गराइयोस् ।’