२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ?



अ+ अ-

सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले आठ जनालाई राजदूतमा सिफारिस गरेको हो । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।

त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा सल्लाहकार थिए ।

यसैगरी डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।

एमाले, माओवादी र जसपाबाट राजदूतको नाम सिफारिस गरिएको हो । रास्वपाको कोटाको पछि सिफारिस हुने बताइएको छ ।

भारतको राजदूतमा सिफारिस रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए । केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए । अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकातास्थित महावाणिज्यदूत पनि बनेका थिए । तुलाधार महिला तथा बालअधिकारको क्षेत्रमा लामोसमयदेखि काम गरेकी व्यक्ति हुन् । यसैगरी तिमिल्सिना गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हुन् ।

बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिलाका जानकार हुन् । राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन् । मुसलमान जसपाका बाँकेका नेता हुन् ।

मन्त्रिपरिषद्बाट सिफारिस भएकाहरूको अब संसदीय सुनुवाई हुने छ । संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रतिले नियुक्त गर्ने छन् ।